Comments Add Comment

‘डिप्रेसन’बारे खुलेर कुरा गरौं !

२५ चैत, काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । हरेक वर्ष अप्रील ७ तारिखमा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘डिप्रेसन :  लेट्स टक’ अर्थात् डिप्रेसनबारे खुलेर कुरा गरौं भन्ने नाराका साथ दिवस मनाउँदै छ । यो नारालाई वाषिर्क अभियानकै रुपमा अगाडि बढाइएको छ । डिप्रेसनबाट पीडित मानिसले विश्वव्यापी रुपमा सहयोग खोजून् र पाऊन् भन्ने अभियानको उद्देश्य हो ।

डिप्रेसन हाल विश्वमै समस्याको रुपमा देखिएको छ । डब्लुएचओको तथ्यांक अनुसार, विश्वमा करिब तीन करोड मानिस डिप्रेसनबाट पीडित छन् । सन् २००५ यता दश वर्षको अवधिमा डिप्रेसनका बिरामीको संख्यामा १८ प्रतिशतले बढेको पाइएको छ ।

तथ्यांकले कतिसम्म भयावह तस्वीर देखाउँछ भने, विश्वमा १५ वर्ष देखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण डिप्रेसनकै कारण हुने आत्महत्या भएको देखिएको छ ।

डिप्रेसनबारे बुझेर समयमै उपचार गरेमा यो रोग सजिलै रोकथाम गर्न सकिने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. सरोजप्रसाद वझा बताउँछन् ।

के हो डिप्रेसन ?
मानसिक रुपमा हतास हुने समस्या भनेर पनि चिनिने डिप्रेसन सामान्यतया मन कमजोर भएपछि मानिसमा देखिन्छ । त्यसो त यस्तो समस्या धेरथोर प्रायः हरेक मानिसलाई हुन्छ । तर, जब कोही मानिस कडा प्रकारको डिपे्रसनको शिकार हुन्छ, उसमा हीन भावना बढ्न थाल्छ ।

एक समय निकै फूर्तिलो र उत्साही देखिने ऊ निस्त्रिmय र निराश बन्दै जान्छ । उसमा जागृत भएको हीन भावना बढ्दै गएमा नकारात्मक सोच विकास भएर आत्महत्या आत्महत्या गर्न समेत पछि पर्दैन ।

डिप्रेसनबारेे जान्नैपर्ने कुरा
डिप्रेसन भएमा हामी लगातार दुई-तीन हप्ता वा सोभन्दा बढी पनि दुःखी र उदास महसुस गर्छौं ।

यो समस्या भएमा पहिले गर्न मन लाग्ने कामकाजमा पनि मन नरमाउने हुन्छ । दैनिक गर्दै आएका नियमित कामकाज गर्न पनि अप्ठेरो महसुस हुन्छ । मन वा शरीर कमजोर भएकालाई मात्र यो रोग लाग्छ भन्ने होइन, यो समस्या जोकोहीमा पनि देखा पर्न सक्छ । तर, यो रोग लागेपछि भने मन कमजोर भएर आत्मविश्वास घट्ने, हतास भावना जागिरहने समस्या हुन्छ ।

डिप्रेसनका लक्षणहरु
– शरीरमा तागत नभएको महसुस हुने

– भोक-प्यास वा निद्रामा गडबडी हुने

– चिन्ता छाउने

– छटपटी बढेर एकै ठाउामा बस्न मन नलाग्ने वा एकाग्रता नहुने

– कुनै निर्णय लिन कठिनाइ महसुस हुने

– हीनताबोध तथा आत्मग्लानि हुने

– आफैंलाई हानि पुर्‍याउने वा आत्महत्या गर्ने सोच आउने ।

डिप्रेसनको कारण
डिप्रेसन कुनै पनि कारणले हुन सक्छ । खासगरी वंशाणुगत, मनोवैज्ञानिक तथा सामाजिक कारण यसको प्रमुख कारणमा पर्छ ।

परिवारमा कसैको मत्यु भएमा तनावका कारण पनि डिप्रेसन हुन सक्छ । त्यस्तै, परीक्षामा फेल हुँदा हीनताबोध हुनुुका साथै साथीभाइ र समाजका मान्छेले के भन्लान् भन्ने भावनाले पनि मानिसलाई डिप्रेसनतिर धकेल्छ । यसका साथै सम्बन्धमा आउने फाटो, आर्थिक समस्या, बेरोजगारी लगायतले पनि डिप्रेसन निम्त्याउने गर्छ ।

यस्तै, मानिसको मस्तिष्कमा सेरोटोनिन भन्ने तत्वको कमी हुादा त्यसले पनि मनलाई कमजोर बनाउाछ । जसका कारण डिप्रेसनको लक्षण देखा पर्न सक्छ ।

उपचार विधि
यदि कसैलाई डिप्रेसनको लक्षण देखिएमा वा डिप्रेसन भएमा दुई महिनादेखि ६ महिनासम्म औषधि सेवन गरेमा सजिलै निको हुन्छ । औषधि जीवनभर खाइरहनु पर्दैन । त्यसका साथै, मनोचिकित्सकको परामर्श लिएर पनि रोग निको पार्न सकिन्छ ।

डिप्रेसनमा काउन्सिलिङको महत्व
डिप्रेसनमा काउन्सिलिङ अर्थात् परामर्शको ठूलो महत्व हुन्छ । मुख्यगरी चिकित्सकसितको कुराकानी जरुरी छ । त्यसबाहेक, कहिलेकाहीँ परिवारका सदस्यका कारण पनि कसैमा डिप्रेसनको लक्षण देखा पर्न सक्छ । त्यो अवस्थामा ऊ सित कुरा गरेर तथा उनको परिवारका सदस्यसित कुरा गरेर पनि डिप्रेसन निको पार्न सकिन्छ ।

डिप्रेसन हुनासाथै औषधि नै खानुपर्छ भन्ने जरुरी हुादैन । मानौं श्रीमान्सितको झगडाको कारणले श्रीमतीमा डिप्रेसन देखिएको छ भने डिप्रेसनको कारण पत्ता लगाएर श्रीमान्सित परामर्श गरेर पनि समाधान हुन सक्छ । तर, कहिलेकाहीँ यस्तो परामर्शले काम नगर्ने अवस्था हुन्छ ।

जस्तैः निद्रा नलागेकै कारण तनाव उत्पन्न भई कसैलाई काम गर्नमा समस्या हुन सकछ । त्यो स्थितिमा निश्चित समयको लागि औषधि लिनुपर्ने हुन सक्छ ।

आफूलाई डिप्रेसन भएको महसुस भएमा

– आˆनो नजिकको मान्छेसाग कुरा गर्ने । आˆनो कुरा सुनिदिने व्यक्तिसित कुराकानी गरेर मन हलुका बनाउने ।

– परिवार तथा साथीभाइको सरसंगतमा बस्ने । पहिलेकै जसरी नियमित रुपमा खाने तथा सुत्ने कुरामा ध्यान दिने ।

– नियमित रुपमा व्यायाम तथा हिंड्डुल गर्ने ।

– नजिकै रहेको स्वास्थ्यकर्मी, मनोचिकित्सक तथा मनोसामाजिक कार्यकर्तासाग सम्पर्क गर्ने ।

– आफूले गरिरहेको कामलाई निरन्तरता दिइरहने अर्थात् मनमा नकारात्मक विचार खेल्ने गरी खाली नबस्ने । डिप्रेसनको कारण पहिलेे जसरी काम गर्न कठिनाइ हुने भएकाले यसलाई सहज रुपमा लिने ।

– डिप्रेसनका लक्षण देखिइसकेको छ भने जााड, रक्सी वा कुनै पनि लागूपदार्थ सेवन नगर्ने ।

– यदि डिप्रेसन कडा रुपमा बढेर कसैलाई आत्महत्या सम्बन्धी सोच बारम्बार आइरहेमा आफ्नो समस्या बताएर अरु कसैको सहयोग लिनुपर्छ । त्रिवि शिक्षण अस्पतालको मनोचिकित्सा विभागमा रहेको हटलाइन नम्बर ९८४००२१६०० मा फोन गरेर पनि सहयोग लिन सक्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment