Comments Add Comment

कांग्रेस बैठकमा सिटौलाले सुनाए सहमतिको पाँचबुँदे रोडम्याप

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसले मधेसको माग सम्बोधनका लागि अधिकमत सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले संविधान संशोधनमा जोड दिएको छ ।

बैठकमा तराई मधेसका सांसदहरुले संविधान संशोधन नभई के आधारमा जनतामाझ जाने भन्ने प्रश्न उठाएका थिए । उनीहरुले नयाँ सहमति हुँदैन भने अहिले संसदमै विचाराधीन संशोधन नै भएपनि अघि बढाउनु पर्ने बताएका छन् ।

लगतै पार्टी सभापति शेरबहादुर देउवाले नेता कृष्ण सिटौलालाई सहमति प्रयासबारे जानकारी दिन लगाए ।

मधेसी मोर्चासँग सहमति नजिक रहेको भन्दै उनले सहमतिको पाँचबुँदे रोडम्याप सुनाए । सीमांकनसहितको संशोधन अघि बढाउँदा सत्ता गठबन्धन नै संकटमा पर्ने अवस्था आउन सक्ने उनको विश्लेषण थियो ।

त्यसैले संसदमा रहेको संशोधनको सीमांकन बाहेकका विषय अघि बढाइने बताए । साथै निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको भोटिङ राइटलाई डिलिंक गर्ने र धारा २७४ संशोधन गर्ने उनले बताए ।

सीमांकनको विषय संघीय आयोगमार्फत अघि बढाउने भन्दै सिटौलाले यसका लागि पनि धारा २७४ संशोधन गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने चुनाव वैशाख ३१ मै हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment