Comments Add Comment

न्याभको आयोजनामा मेलवर्नमा मल्टिकल्चरल क्रिकेट हुँदै

भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका टीमहरू सहभागी हुने

९ अप्रिल, मेलवर्न । भिक्टोरियाको नेपाली समुदायमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले भिक्टोरियाको बिभिन्न समुदायका बिच मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट गर्ने भएको छ ।

भर्खरै १२ औं न्याभ कप क्रिकेट टुर्नामेन्ट सकेको न्याभले क्रिकेट भिक्टोरिया र भिक्टोरियन मल्टिकल्चरल कमिसनसँगको सहकार्यमा यो टुर्नामेन्ट गर्ने भएको हो।

मल्टिकल्चरल टुर्नामेन्ट अप्रिल १४ मा सुरु भएर १६ मा सकिने छ भने एकै दिन बिहान ९ बजे र दिउँसो २ बजे गरी दुर्इ चरणमा खेल हुने न्याभका उपाध्यक्ष तारा गैरेले बताए।

१६ तारीक हुने सेमिफाइनल तथा फाइनल खेलमा महिला र बालबालिकालार्इ लक्षित गरी बिभिन्न क्रिकेट गतिबिधि गरिनुका साथै महिला खेलाडीका लागि अस्ट्रेलियाका क्रिकेट खेलाडी तथा कोचबाट प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।

टुर्नामेन्टका लागि नेपाली टिमका अलवा पाकिस्तानी टिम हव्क्स क्रिकेट क्लब, श्रीलङ्काली समुदायबाट नर्दन लायन्स, बङ्लादेशी टिम बङाल टाइगर्स र इन्डियन टिम शक्ति लायन्स र भुटानी टीम सहभागी हुँदै छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment