+
+

सेवा समाजले छात्रवृत्ति दिने

आरपी सहयात्री आरपी सहयात्री
२०७३ चैत २७ गते ८:३०


२७ चैत, युएई । पर्वत सेवा समाज युएईले जिल्लाका गरिब तथा जेहेन्दार ५ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । पर्वतको जनजागृति निमावि भिडाबारीमा अध्ययनरत संगीता खत्री, पुर्णेश्वर उच्च माबिमा अध्ययनरत बालिका सुबेदी, बालज्योति प्राबि, बेउलीबासकी आयुष्मा चुदारो, अन्नपूर्ण माबि, कार्किनेटाकी उदबिता पौडेल, दालपोखरी प्राबि, ढुलुङ्गे काफलटोलकी प्रतिभा पौडेललाई जनही १५ हजार रुपैयाँका दरले सहयोग गर्न लागेको समाजका दुबई क्षेत्रका पूर्वअध्यक्ष तथा आर्थिक संकलन संयोजक तिलक सापकोटाले जानकारी दिए ।
अप्रिल ७ मा दुबईमा एक कार्यक्रम गरी समाजले जिल्लाका अतिविपन्न परिवारका जेहन्दार विद्यार्थीहरुलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ ।
समाजको दुबई क्षेत्रीय समितिको सक्रियतामा उक्त रकम संकलन गरिएको हो ।
रोजगारीका लागि पर्वत जिल्लाबाट युएई आएकाहरुको सामाजिक संस्थाले विगतमा पनि विभिन्न किसिमका सहयोगका कार्यहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?