Comments Add Comment

पर्यटक आकर्षित गर्न ‘नमस्ते’ अभियान सुरू

२७ चैत, चितवन । नेपालमा पर्यटकलाई आकषिर्त गर्नका लागि आइतबारबाट ‘नमस्ते’अभियान सुरु भएको छ ।

काठमाडौं सहित चितवन, पोखरा र लुम्बिनिबाट एकै साथ यो अभियान सुरु गरिएको हो ।

पर्यटक सत्कारमा नौलोपन दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोड र गैर आवासीय नेपाली संघको सहकार्यमा यो अभियान सुरु भएको हो ।

चितवनमा क्षेत्रीय रेवान सौराहा र क्षेत्रीय होटल संघले अतिथि देवः भव (नमस्ते ) अभियान सुरु गरेका हुन् ।

अभियानको एक समारोहकावीच नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुमन घिमिरेले उद्घाटन गरेकाछन् ।

नमस्ते अभियानलाई सार्थक पार्न चार मुख्य पर्यटकीय शहरबाट आईतबारदेखि नमस्ते अभियान सुरु भएको हो ।

पर्यटकीय नगरी सौराहामा रहेको होटल जंगल सफारीदेखि हात्ती चोकसम्म र्‍र्यालीसहित प्ले कार्ड बोकेर अभियानमा सौरेली व्यवसायीहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै पर्यटन विज्ञ विश्व सुवेदीले व्यवसायीहरुको स्वागत सत्कारमा कमजोरी हुने गरेको औंल्याउदै नमस्तेदेखि बाई गर्दासम्मै उत्तीकै सत्कारको आवश्यकता रहेको औंल्याए ।

पाहुनालाई नमस्तेले स्वागत गरे उनीहरुलाई न्यानो आतिथ्यताको महसुस हुने र आˆनो देश फर्किएर जाँदा पनि नेपाल र नेपालीको प्रशंसा गर्दै पुनः नेपाल घुम्न र्फकने विश्वासका साथ यो अभियान थालिएको एनआएनएका प्रतिनिधि सन्तोष कुमार भट्टराईको भनाइ छ ।

एनआरएनएले आगामी बर्ष प्रतिएक जनाले तीनजना पर्यटक नेपाल घुम्न पठाउने योजना ल्याएको समेत उनले जानकारी दिए ।

नेपालको आफ्नो मौलिक आतिथ्यता र संस्कारलाई व्यवहारमा उतार्दै र बाहृय देशमा फैलाई पर्यटक भित्र्याउने लक्ष्यसहित अभियान आएको भट्टराईको भनाइ छ ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले नमस्ते अभियानलाई चितवनमा चरितार्थ पार्ने प्रतिबद्धता जनाउँदै अभियान आफैंमा महत्वपूर्ण भएको उल्लेख गरे ।

क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले अभियान सुरु गरिरहँदा राज्यले बाटोघाटो र पूर्वाधारका पहल गरिदिन आग्रह गरे ।

कार्यक्रममा चितवनका स्थानिय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले नीजि क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा लाग्ने प्रतिक्रिया जनाउँदै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

अाइतबार नै लुम्बिनिमा अायाेजना गरिएकाे अभियानकाे घाेषणा कायर्यक्रममा बाेल्दै एनआरएनका सदस्य प्रमोद ढकालले अभियान अन्र्तगत सन् २०१८ सम्म १५ लाख वाषिर्क पर्यटक भित्रयाउने र विदेशमा रहने एक जना नेपालीले तीन जना विदेशी पर्यटक नेपालमा पठाउने योजना रहेको बताए ।

त्यस्तै पर्यटक आगमन बढाउन पर्यटन बोर्डले नेपालमा स्वागत र सम्मानको कार्यक्रम गर्ने बोर्डका वरिष्ठ अधिकृत प्रदिप बस्नेतले बताए ।

पर्यटकको भिसा नविकरणलाई सहज बनाउने, लुम्बिनी क्षेत्रमा नेपाली गाइडलाई प्राथमिकता दिने जस्ता बोर्डका योजनाहरु रहेको उनले बताएकाे खबर त्यहाँबाट अनलाइनखबरकर्मी सलमान खानले जानकारी दिएकाछन् ।

कार्यक्रममा लुम्बिनीमा पर्यटक आगमन वृद्धि भएपनि बसाई लम्बिन नसकेको कारण बसाई लम्ब्याउनका लागि लुम्बिनी विकास कोषले काम गर्नुपर्ने सरोकारवालाहरुले जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनीलाई आकर्षक बनाउन र पर्यटकको बसाई लम्ब्याउन सांस्कृतिक कार्यक्रम गर्नुपर्ने बताए ।

उनले लुम्बिनी विकासको नाममा ठुला कुरा मात्र हुने गरेको तर बिकास कोषमा आउने पदाधिकारीहरुले कामको नगरेको कारण लुम्बिनीको विकासमा ढिलाई भइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment