Comments Add Comment

सामसुङको ग्यालेक्सी फोन यात्राः यस्तो रह्यो उतार-चढाव

दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पछिल्ला ग्यालेक्सी सिरिजका स्मार्टफोन ग्यालेक्सी एस एट तथा एस एट प्लसको प्रि अर्डर भैरहेको छ र आउँदो अपि्रल १८ देखि कम्पनीले यी स्मार्टफोनको आपूर्ति सुरु गर्नेछ । त्यसको केही दिनपछि नै यी स्मार्टफोन बजारमा उपलब्ध हुनेछन् ।

एस एटको मूल्य ७२० डलर हुनेछ भने एस एट प्लसको ८४० डलर ।

अहिलेसम्मकै अत्याधुनिक तथा उत्कृष्ट मानिएको ग्यालेक्सी एस एट तथा प्लससम्म आइपुग्दा सामसुङले आफ्ना फ्लागसीप स्मार्टफोनमा ७ वर्षे यात्रा तय गरिसकेको छ । सामसुङका ग्यालेक्सी एस सिरिजका स्मार्टफोनको इतिहास यस्तो छः

१.सामसुङ ग्यालेक्सी एस: सन् २०१० को जुन महिनामा लञ्च भएको सामसुङको ग्यालेक्सी सिरिजको पहिलो स्मार्टफोन हो, ग्यालेक्सी एस । यसलाई एप्पलको आइफोन फोरको प्रमुख प्रतिस्पर्धी मानिएको थियो । यसमा शक्तिशाली प्रोसेसर तथा ४ इन्चको सुपर एमोलेड स्क्रिन थियो । यसमा सुरुमा एन्ड्रोइड २.१ अपरेटिंग सिस्टम थियो र पछि यसलाई २.२ मा अपग्रेड गरियो ।

२. सामसुङ ग्यालेक्सी एस टू: सन् २०११ को फेब्रुअरीमा लञ्च भएको यो फोन सामसुङको स्मार्टफोन उद्योगमा सफलताको एउटा कोशेढुंगा सावित भयो । यसमा डुअल कोर प्रोसेसर तथा दुई क्यामरा थिए ।

३. सामसुङ ग्यालेक्सी एस थ्री: सन् २०१२ मे महिनामा लञ्च भएको यो फोनमा ४.८ इन्चको स्क्रिन राखियो । यसमा इन्टेलिजेन्ट भ्वाइस एसिस्टेन्ट प्रविधिका साथै एन्ड्रोइड जेली बिन अपरेटिंग सिस्टम थियो । साथै यो फोर जी नेटवर्क सपोर्ट गर्ने पहिलो स्मार्टफोन पनि हेा ।

४. ग्यालेक्सी एस फोरः सन् २०१३ को अप्रिलमा लञ्च भएको यो स्मार्टफोनले फोर जी सपोर्ट गर्नुका साथै ५ इन्चको स्क्रिन र अक्टाकोर प्रोसेसर थियो । यसमा १३ मेगापिक्सेलको क्यामरा पनि राखिएको थियो ।

५. ग्यालेक्सी एस फाइभः अप्रिल २०१४ मा सार्वज्निक भएको ग्यालेक्सी एस फाइभमा ५.१ इन्चको स्क्रिन, फिंगरप्रिन्ट रिडर तथा भर्चुअल्ली अटोफोकस जस्ता फिचर थिए । साथै यो सामसुङको स्मार्टवाचसँग पनि कम्प्याटिबल थियो ।

६. ग्यालेक्सी एस सिक्सः धातुको खोलयुक्त यो स्मार्टफोनमा ब्याट्री निकाल्न नसकिने र माइक्रोएसडी कार्ड समेत राख्न नमिल्ने भएकाले खासै रुचाइएन । यो सँगै सामसुङले एस सिक्स एज स्मार्टफोन पनि ल्यायो, जुन पहिलो कब्र्ड स्क्रिन स्मार्टफोन ।

७. ग्यालेक्सी एस सेभेनः सामसुङले ५.१ इन्चको ग्यालेक्सी एस सेभेन र ५.५ इन्चको एस सेभेन एजमा ४ गिगाबाइटको र्याम तथा उच्च क्षमतायुक्त प्रोसेर राखेको थियो । यसमा १२ मेगापिक्सेलको क्यामरा भएपनि उक्त क्यामरा उच्च प्रविधियुक्त रहेको छ ।

८. ग्यालेक्सी एस एटः गत मार्च २९ मा सार्वज्निक भएको ग्यालेक्सी एस एटमा ५.५ इन्चको इन्चको डिस्प्ले रहेको छ । यसमा १२ तथा ८ मेगापिक्सेलका दुई क्यामरा, ४ गिगाबाइट र्याम तथा ६४ जिबी स्टोरेज उपलब्ध छ । साथै आइरिस स्क्यानरका साथै सामसुङको पछिल्लो इन्टेलिजेन्ट टेक्नोलोजी बिक्स्बी पनि यसमा उपलब्ध छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment