Comments Add Comment

पिपुल्स क्याम्पसमा स्ववियु चुनाव गराउन सर्बोच्चको आदेश

२७ चैत,काठमाडौं । काठमाडौंको पकनाजोलस्थित पिपुल्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आइतवार आदेश दिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

क्याम्पस प्रशासनले चुनाव हुन नदिएको भन्दै अनेरास्ववियुका आदित्य बोहोरा र नेविसंघका अरुण घलेले संयुक्त रुपमा रिट दायर गरेका थिए । उनीहरु दुवैजना स्ववियु सभापतिका प्रत्याशी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment