+
+

गाउँपालिका अध्यक्षको चुनाव खर्चः भोटर लिस्ट किन्न हजार, घोडा चढ्न ८० हजार

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते १२:१७


२८ चैत, काठमाडौं । आगामी स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको हद नै तोकेको छ ।

आयोगले बनाएको सूची अनुसार अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले मतदाता नामावली (भोटर लिस्ट) किन्न एक हजार खर्च गर्न सक्नेछन् । वडाध्यक्ष र सदस्यहरुले भने ५०० रुपैयाँ मात्र खर्च गर्न पाउनेछन् ।

प्रचार प्रसारमा पोष्टर टाँस्न रोक लगाइएको छ । तर, छापा तथा विद्युतीय माध्यममा प्रचार प्रसार गर्न पाइनेछ । आयोगले प्रचार प्रसार सामाग्री, ढुवानी र अन्य प्रचार प्रसार गरेर तीन शीर्षकमा खर्च छुट्याएको छ ।

उम्मेदवारहरुले हेलिकोप्टर प्रयोग गर्न पाउने छैनन् । तर, सवारी साधन र घोडा प्रयोग गर्न पाइनेछ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सवारी वा घोडाका लागि ६० हजार खर्च गर्न पाउनेछन् भने दाना वा इन्धन शीर्षकमा २० हजार छुट्याइएको छ ।

याे पनि पढ्नुस

मेयर र उपमेयरका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?