Comments Add Comment

प्रवाशी नेपाली मञ्च क्यानडाको अध्यक्षमा थापा निर्वाचित

१० अप्रील,  टाेरेन्टाे ।  नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च, क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएकाछन् ।

अप्रील ९ तारिखमा टोरोन्टोमा भएको संस्थाको राष्ट्रिय अधिबेसनबाट थापा पुनः चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै संस्थाको महासचिवमा बिशम्भर घिमिरे, उपाध्यक्षमा रबिन्द्र घिमिरे, पशुपती पोख्रेल र कुशुम ज्ञवाली निर्वाचित भएका छन् ।

सचिवमा सुजता गुरुङ, बेदनिधी गौतम, सुबास गिरी र कोषाध्यक्षमा सान्ताराम सापकोटा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष गोपिकृष्ण काफ्लेले जानकारी दिए । नयाँ समिति ५१ सदस्यीय रहेको छ ।

अधिबेसनको उद्घाटन एमालेका प्रतिनिधि तथा प्रवाशी नेपाली मन्च, अमेरिकाका निबर्तमान अध्यक्ष सन्जय थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment