+
+

निर्वाचन भाँड्ने षड्यन्त्र हुँदैछः एमाले महासचिव

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते १४:५०

२८ चैत, इलाम । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी इलामले सदरमुकाममा आज गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै छ, यसमा हाम्रो कुनै सहमति नभएको बताए ।

संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उनले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाए।

‘प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ, यो कदापि स्वीकार्य छैन्, चुनाव हुन नदिने षड्यन्त्रण हो, महासचिव पोखरेलले भने ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउए । ‘‘जनताको वर्षाैंदेखिको इच्छा, चाहना र आकङ्क्षाअनुसार निर्वाचनमा भाग लिने अधिकार छ, जनतालाई चुनावमा भाग लिने अधिकारबाट विमुख गराउन संविधान विपरित हुन्छ’’ उनले भने ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?