Comments Add Comment

लघुबित्तका लागि माछापुच्छ्रे र सक्षमबीच सम्झौता


२८ चैत काठमाडौं । देशका १४ वटा जिल्लाका वित्तीय सेवाबाट बञ्चित भएका समुदायलाई लघुबित्त सेवा प्रदान गर्नको लागि माछापुच्छ्रे बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच ‘सरलीकृत लघुवित्त सेवा’ परियोजना सञ्चालन गर्ने सम्झौता भएको छ ।

‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सात जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका माछापुच्छ्रे बैंकका सीइओ निरज कुमार श्रेष्ठले भने “परियोजनाको ३ वर्षे समयावधिमा माछापुछे्र बैंक लिमिटेडले आफ्ना शाखारहित बैंकिङ सेवा विन्दुहरू र समर्पित सम्बन्ध प्रबन्धक मार्फतबाट ९ हजार भन्दा बढी हितग्राहीहरूलाई सेवा पुर्‍याउने लक्ष्य लिएको छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment