Comments Add Comment

किशोरले हार स्वीकारे, मतगणना नसकिँदै गोल्छालाई दिए बधाई


२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोकुमार प्रधानले आफ्नो हार स्वीकारेका छन् । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित हुने पक्का जस्तै भएपछि उनले प्रतिद्वन्द्वी शेखर गोल्छालाई माला लगाएर जितको लागि बधाइ दिएका छन् ।

जिल्ला तथा नगर, वस्तुगत समूहको मतगणना सकिनासाथ उनका प्रतिद्वन्द्वी किशोरकुमार श्रेष्ठले गोल्छालाई मतगणनास्थल बाहिर माला लगाएर जितको लागि बधाइ दिएका हुन् । अन्तिम मत परिमाण केही समयमै सार्वजनिक हुनेछ ।

मतगणना अन्तिम चरणमा रहँदा नै गोल्छाको जित सुनिश्चित भएपछि प्रधानले गोल्छालाई बधाई दिएका छन् ।

महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत हुन्छ । ९९ वटा वस्तुगत सदस्यको मतभार २० प्रतिशत हुन्छ । ८५६ एशोसिएट सदस्यको मतको हिस्सा ३० प्रतिशत छ ।

जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत ल्याए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए।

वस्तुगततर्फ प्रधानले केही बढी मत ल्याएपनि जिल्ला तथा नगरमा बढी मत ल्याएपछि गोल्छा जीतको नजिक पुगेका हुन् ।
अब ३० प्रतिशत मतभार रहेको एशोसियटतर्फको गणना सक्न बाँकी छ ।

तर, एशोसियटमा पनि गोल्छाकै राम्रो पकड छ । एशोसियटतर्फ आफ्नो कमजोर उपस्थितिकै कारण किशोरले  समूहले यसमा प्यानल बनाएर उम्मेदवारी दिएको थिएन ।

यसवर्षबाट महासंघको विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने ब्यवस्था राखिएको छ । अबको कार्यसमितिमा गोल्छा समूहको स्पष्ट बहुमत रहने देखिएको छ ।

महासंघको चुनावबाट जिल्ला तथा नगरको उपाध्यक्षमा प्रधान समुहका प्रमोद श्रेष्ठले जित हात परेका छन् । म्याग्दी उद्योग वाणिज्य संघबाट उनी उम्मेदवार बनेका थिए । प्रमोदले गोल्छा समूहका दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् ।

त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रधान समूहका शंकर प्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गरे । एशोसियटतर्फबाट भने चन्द्रप्रसाद ढकाल निर्बिरोध उपाध्यक्ष भएका छन् ।

निर्वाचनबाट केन्द्रीय कार्यसमिति सदस्यमा गोल्छा समूहकै बर्चश्व देखिएको छ । वस्तुगतर्फ गोल्छाका ८ सदस्य निर्वाचित हुँदा प्रधानका ४ जना आएका छन् ।

त्यसैगरी जिल्ला तथा नगरमा पनि गोल्छाकै बहुमत देखिएको छ । जिल्ला/नगरको १८मध्ये १६ केन्द्रीय सदस्य गोल्छा प्यानलबाटै निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment