+
+

डुअल सेल्फी क्यामेरासहित ओप्पो एफथ्री प्लसः यी हुन् रोचक नयाँ फिचर

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते १३:४५

विश्वभर उत्कृष्ट सेल्फी तथा अत्याधुनिक प्रविधि सुसज्जित फोन पस्किँदै लोकपि्रयता पाइरहेको ओप्पोले केही समय अगाडी मात्रै नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गरेको छ । ओप्पोले आफ्ना सेल्फी पारखी उपभोक्ताहरुका लागि कम्पनी कै पहिलो डुअल सेल्फी क्यामेरा सहितको ओप्पो एफथ्री प्लस क्यामेरा फोन सार्वजनिक गरेको हो ।

फ्रण्ट डुअल सेल्फी क्यामेराका कारण निकै चर्चा पाइरहेको यो फोनको विशेषता उत्कृष्ट क्यामेरामा मात्रै सिमित भने छैन । यसमा सम्मिलित नौला तथा अत्याधुनिक प्रविधिले यसलाई थप विशेष बनाइदिएको छ । फोनको निर्माण गुणस्तर र उत्कृष्ट क्यामेराले उपभोक्ता तथा आलोचकको समेत वाहवाही बटुल्न सफल भएको छ ।

आकर्षक स्टाइलिङ, पि्रमियम डिजाइन सहितको यूवा लक्षित यो फोन अहिले बजारमा निकै सफल प्रमाणित भइरहेको छ । हरेक उत्पादनमा नवप्रबर्तन र उपभोक्ताको मागलाई विशेष चासो दिएर निर्मित फोन कम्पनीको सफलताको प्रमुख कारण हो । यसको बजार मूल्य रु. ५४ हजार ९ सय ९० तोकिएको छ ।

क्यामेरा

ओप्पो एफथ्री प्लसमा उपलब्ध गरिएको नवप्रबर्तनात्मक डुअल सेल्फी फ्रन्ट क्यामेराले उत्कृष्ट तथा गुणस्तरिय सेल्फी लिन सघाउँछ । एफथ्री प्लसमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेराका साथै गु्रप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध छ । कम्पनीले फोनमा उपलब्ध गराएको रियर क्यामेरा सोनीसँगको सहकार्यमा विकास गरेको हो । यसमा उपलब्ध गरिएको कस्टमाइज्ड आईएमएक्स३९८ सेन्सर ‘सिरियस’ फोटोग्राफी लक्षित छ ।

कम्पनीका अनुसार एफथ्री प्लस उत्कृष्ट कार्यक्षमता, आकर्षक, सुरक्षित, टिकाउ तथा उपभोक्ताको मागलाई विशेष ध्यानमा राखि विकसित स्मार्टफोन हो । फोनमा कम्पनीले १/३ ईन्च सेन्सर उपलब्ध गराएको छ । यसले तस्विर खिच्दा पर्याप्त प्रकाशको ब्यवस्था गर्दै उत्कृष्ट फोटो खिच्न सघाउँछ । फोनमा रहेको क्यामेरामा उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्टका लागि एफ/२.० एपर्चर उपलब्ध गरिएको छ । यसले विषयलाई फोकसमा पारी पृष्ठभूमीलाई आवश्यक मात्रामा धमिलो बनाउने गर्छ ।

ग्रुप सेल्फी लक्षित विशेष क्यामेरा

गु्रप सेल्फीका लागि एफथ्री प्लसमा ८ मेगा पिक्सेल क्षमताको १ सय २० डिग्री वाइड एङ्गल सहितको विशेष क्यामेरा उपलब्ध गरिएको छ । कम्पनीका अनुुसार यो क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा १ सय ५ प्रतिशत बढी क्षेत्र समेट्न सक्छ । यसले गर्दा तस्विरमा बढी मानिस सजिलै समेटिन सकिन्छ । फोनमा उपलब्ध गरिएको ६पी लेन्सले यी तस्विर अझ उत्कृष्ट बनाउन सघाव पुर्‍याउँछ ।

फोनमा ब्यूल्ट इन स्मार्ट फेसियल रेकग्निसन फिचरपनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई तीन भन्दा बढी मानिस प|mेममा देखिँदा गु्रप सेल्फी मोडको प्रयोग गर्न सुझाउँछ ।

उत्तिकै उत्कृष्ट रियर क्यामेरा


कम्पनीले आफ्नो अवधारणा अनुरुप एफथ्री प्लसमा पनि फ्रन्ट क्यामेरालाई विशेष महत्वका साथ प्रस्तुत गरेको छ । तर, फोनमा रहेको रियर क्यामेरापनि उत्तिकै उत्कृष्ट छ । १६ मेगा पिक्सेल क्षमता सहितको यो क्यामेराले तिब्र गतिमा फोकस गर्नुका साथै न्वाइज रिडक्शन तथा कम प्रकाशमा समेत उत्कृष्ट प्रदर्शनी दिन्छ । यो क्यामेरामा डुअल पीडीएएफ प्रविधि उपलब्ध गरिएको छ । एफ/१.७ एपर्चर सहितको यो क्यामेराले कम प्रकाश भएका स्थानमा समेत गुणस्तरिय तस्विर खिच्न सघाउँछ ।

ब्याट्री


प्रयोगकर्ताले फोन चलाउँदा ब्याट्रीका कारण समस्या भोग्न नपरोस् भन्ने तिरपनि कम्पनीले विशेष ध्यान दिएको छ । फोनको उपयोग निरन्तर लामो समयसम्म गर्न सकियोस् भन्ने सोचका साथ यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यसले २ सय ८४ घण्टाको स्ट्याण्डबाई टाइम दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनी चार्जिङका लागि लाग्ने समयको न्यूनिकरणका लागि पनि विशेष प्रविधि उपलब्ध गराएको छ । यसका लागि फोनमा भीओओसी फ्ल्यास चार्जिङ प्रविधि उपलब्ध गरिएको छ । यसले गर्दा फोनमा जडान गरिएको ब्याट्री साधारण ब्याट्रीका तुलनामा ४ गुणा चाँडै चार्ज हुन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले मात्र ५ मिनेट ब्याट्री चार्ज गरी २ घण्टा सम्मको टक टाइम पाउन सक्छन् ।

सञ्चय क्षमता


ओप्पो एफथ्री प्लसमा कम्पनीले ४ जीबी र्‍याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । यसले गर्दा उपभोक्ताले स्पेस अपुग हुने समस्याको चिन्ता विना आफूलाई मनपर्ने एप्स ईन्ष्टल गरी विना कुनै समस्या मज्जाले चलाउने अवसर पाउँछन् । साथै, फोनमा ओक्टा कोर प्रोशेसर उपलब्ध छ । यसले फोनको अपरेशन स्मूथ बनाउने कार्यमा उल्लेख्य भुमिका खेल्छ । उपभोक्तालाई अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा माइक्रो एसडी कार्डको माध्यमबाट २ सय ५६ जीबी सम्म बढाउन सक्ने विकल्पपनि कम्पनीले फोनमा उपलब्ध गराएको छ ।

अन्य विशेषता

ओप्पोको ओप्टिमाइज्ड कलर ओएस ३.० प्रणालीले कम शक्ति खपतबाटै तिब्र गति र उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्छ । साथै फोनको सुरक्षार्थ यसमा ब्यूल्ट इन प्राइभेसी प्रोटेक्शन फिचर र आभास्टमा आधारित भाइरस स्क्यानरपनि उपलब्ध गरिएको छ । फोनमा कम्पनीलेे बजारकै तिब्र लाइटनिङ फास्ट टच एक्सेस उपलब्ध गराएको छ । साथै, मात्र ०.२ सेकेण्डमा अनलक हुन होम बटन फिङ्गर प्रिन्ट रिडर पनि फोनमा जडान गरिएको छ ।

मेटल यूनिबडी डिजाइन रहेको यो फोन बोक्नपनि निकै आरामदायी छ । ६ ईञ्च, २.५ कोर्निङ गोरिल्ला ग्लास फाइभमा कम्पनीले पि्र एप्लाइड स्त्रिmन कोटिङपनि उपलब्ध गराएको छ । यसले फोनलाई पि्रमियम लुक्स दिनुका साथै थप आकर्षक र सुरक्षित समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?