+
+

पूर्वप्रेमीसँग विवाहित प्रिटीको हिमचिम !

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते १०:००

बलिउड अभिनेत्री प्रिटी जिन्टा को एक समय नेस वाडियासँग गहिरो प्रेम थियो । उनीहरु जहाँ पनि नारिएर हिँड्थे ।

तर एकाएक उनीहरु प्रेमीबाट दुश्मन बन्न पुगे । नेसले आफूमाथि यौनशोषण गरेको भन्दै पि्रटी प्रहरीको शरणमा पुगिन् । उनले आफ्नो शरीरमा लागेको चोटपटक प्रहरीलाई देखाइन् र भनिन्, ‘नेसले मलाई कोठाभित्र थुनेर शरीरमा चुरोटको ठूटोले पोलिदिन्थे ।’

त्यसको लगत्तै प्रिटीले एक विदेशी नागरिकसँग विहे गरिन् र विदेश भासिइन् । जब स्वदेश फर्किइन् नेससँग उनको दुश्मनी फेरि दोस्तिमा बदलियो ।

प्रिटी र नेस आइपिएलको एउटा क्रिकेट टिमका सहमालिक हुन् । उनीहरुले आफ्नो टिमले जितेको खुशीमा मंगलबार राति पार्टी गरे । पार्टीमा उनीहरु निकै रमाएका देखिन्थे । हाँसोठट्टा पनि निकै गरे ।

कुनै बेला आफैंले यौनशोषणको आरोप लगाएका व्यक्तिसँग प्रिटी यसरी पार्टीमा रमाउनुलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन् । कतिपयले कतै उनीहरुको पुनर्मिलन त हुन लागेको होइन भनेर पनि आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?