+
+

नेतृत्वले ‘पाका’ रोज्न थालेपछि युवा पुस्तामा निराशा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते ६:००

३१ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेतृत्वले उमेर ढल्केका (पाका) उम्मेदवार रोज्न थालेपछि सुर्खेतका युवा पुस्तामा निराशा छाएको छ । उम्मेदवारमा आकांक्षा भए पनि पार्टी नेतृत्वले यसअघिका जनप्रतिनिधि, उमेर ढल्केका र लामो समयदेखि पार्टी नेतृत्वमै रहेका व्यक्तिलाई नै अगाडि सार्न थालेपछि उनीहरु निराश भएका हुन् । यसपटक पनि युवा नेतृत्व स्थापित हुने सम्भावना टरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले पूर्वजनप्रतिनिधिलाई नै उम्मेदवारका रुपमा प्राथमिकता दिन थालेका छन् । यस्तै जिल्लाको पार्टी नेतृत्वमै रहेका अधिकांश नेता नै गाउँपालिका एवं नगरपालिकाको नेतृत्व हात पर्ने कसरतमा जुटेका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारका लागि पाकाले नै हानथाप गर्न थालेपछि युवाको चर्चा हुन छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?