Comments Add Comment

नुवाकोटमा ऐतिहासिक ‘सिन्दूरे जात्रा’ मनाइँदै

३१ चैत, नुवाकोट । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ ।

जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ ।

दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवानस्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुगेका छन् । गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरेका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पुर्याइएको हो ।

अहिले धरमपानीमा आराम गरिरहेका धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

मङ्गलबार मध्यरात देवीघाट पुग्नुभएका धामीले करिब २४ घन्टाको बसाइमा विभिन्न जिउँदो पशु-चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गर्नेछन् । उनले गरेको भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ ।

द्वारे महेन्द्रकुमार शाहीका अनुसार भगवान् भैरवीदेवी मन्दिरको प्रतीकात्मक रुपमा धामीधमिनीले विभिन्न गुठी राख्ने तथा दोहोरो कुरा गर्ने प्रचलन पहिलेदेखि नै सुरु भएको हो र यसलाई निरन्तरता दिइएको छ ।

सिन्दूरे जात्राको मुख्य आकर्षण धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लाका हजारौं भक्तजन यहाँ आएका छन् ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment