Comments Add Comment

यो हो दुनियाकै लामो मोटरसाइकल


मोटरसाइकल त मोटर साइकल नै हो, दुई पांग्रे । यो कसरी लामो हुनसक्छ ? भन्नुहोला । तर एक व्यक्तिले विश्वकै लामो मोटरसाइकल बनाएर विश्वकिर्तिमान नै कायम गरेका छन् ।

भारतको गुजराँतका बासिन्दा भरत सिंह परमारले यो मोटरसाइकल बनाएका हुन् ।

तपाइँलाई थाहा पाउँदा नै हैरान लाग्नसक्छ की उनले बनाएको मोटरसाइकल २६.२९ मिटर अर्थात् ८६ फिट ३ इन्च लामो छ ।

यद्यपि यो मोटरसाइकल बनेको हालसालै भने होइन सन् २०१४ को जनवरी २२ मा गिनिज बुकको एक टोलीले उक्त मोटरसाइकलको परीक्षण गरी रेकर्डमा दर्ज गरेको थियो ।

उक्त समयमा भरत सिंहले आफुले बनाएको त्यो लम्बेतान मोटरसाइकल चलाएर पनि देखाएका थिए ।

भरत सिंहको मोटरसाइकल भन्दा अघि सबैभन्दा लामो मोटरसाइकलको रुपमा त्यसभन्दा १३ फिट छोटो मोटरसाइकल गिनिज बुकमा दर्ज थियो । तर भरत सिंहको मोटरसाइकले पूरानो त्यो रेकर्ड भंग गर्यो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment