+
+

धनाढ्य बन्नुअघि यति धेरै असफलताबाट गुज्रेका थिए ज्याक मा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २ गते १३:४६

३१ चैत, काठमाडौं । चीनका चर्चित धनाढ्य ज्याक मा गत १० सेप्टेम्बरमा ५२ वर्ष पुगेका छन् । उनीसँग अहिले २७ अर्ब ९० करोड अमेरीकी डलर बराबरको सम्पत्ति छ ।

कुनै समय ज्याकले अंग्रेजी पढाएबापत महिनामा जम्मा १२ डलर कमाउने गर्दथे । त्यतिबेला पनि उनी आफ्नो पारिश्रमिकप्रति खासै असन्तुष्ट थिएनन् । कामका क्रममा उनी निरन्तर सफल भएका पनि होइनन् । कैयन पटक उनले असफलता पनि भोग्नु परेको थियो ।

यहाँ ज्याकले सफलता हासिल गर्नुअघि भोगेका असफलताका सात श्रृंखलाको चर्चा गरिएको छ ।

१ स्कुलदेखि कलेजसम्म फेलैफेल

स्कुले जीवनमा पढाइका हिसाबले ज्याक त्यति अब्बल विद्यार्थी होइनन् । उनी प्राथमिक तहमा दुईपटक फेल भएका थिए । माध्यमिक तहमा ३ पटक र कलेजको इन्ट्रान्स परिक्षामा दुईपटक फेल भएका थिए ।

तर यसरी फेल हुनेमा ज्याक एक्लै कहाँ छन् र । अल्बर्ट आइन्स्टाइन, विन्स्टन चर्चिल अब्राहम लिन्कन जस्ता विश्वचर्चित हस्तिहरु पनि पढाईमा पटक–पटक फेल भएका थिए ।

२.  १ सय २० पुर्णांकमा १ प्रतिशत अंक ल्याए

परिक्षामा फेल हुनु एउटा कुरा हो । तर कलेजको प्रवेश परीक्षामा १ प्रतिशतभन्दा पनि कम अंक ल्याउनु पिडादायी कुरा नै हो । यस्तो किन भएको थियो भने तयारीका लागि उनिसँग आवश्यक समय नै थिएन ।

ज्याक भन्छन्, ‘मेरो गणित राम्रो थिएन, र मैले अहिलेसम्म कहिले पनि म्यानेजमेन्टको अध्ययन गरेको छैन । साथै अहिलेसम्म पनि म एकाउन्टको रिपोर्ट पढ्न सक्दिनँ ।’

तर अर्बपति हुनको लागि उनलाई गणितमा राम्रो हुनै परेन । यति मात्र होइन, उनले आफ्नो बाल्यकालमा कम्प्युटर भन्ने शब्दसमेत सुनेका पनि थिएनन् होला ।

३. हार्भर्ड विश्वविद्यालयमा १० पटकसम्म अस्वीकृत

ज्याक १० पटकसम्म अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट रिजेक्टेड भएका थिए । तर उनले निवेदन दिन भने छाडेन् । उनी भन्छन्, ‘हामीमा हुनुपर्ने महत्वपुर्ण गुण भनेकै धैर्यता हो ।’

४.  ३० वटा जागीरको अन्तवार्तामा फेल

उनले स्नातक तहको पढाई पुरा गरेपछि ३० वटाभन्दा बढि स्थानमा रोजगारीको लागि आवेदन दिएका थिए । तर हरेक अन्तवार्तामा उनलाई आयोग्य भन्दै फिर्ता पठाइएको थियो ।

तर उनले आफ्नो आश भने मारेका थिएनन् । उनले प्रहरी अधिकृत हुनको लागि पनि आवेदन दिएका थिए । तर उनलाई प्रहरी अधिकृतको जाँचमा एक दिन पनि राखिएन । उनलाई तीन शब्द मात्रै भनेर निकालिएको थियो ‘तिमी योग्य छैनौ ।’

५. केएफसीको अन्तर्वार्ता दिने २४ जनामा उनी एक्लो फेल

केएफसीले कामदारको खोजी गरेको थियो । त्यसका लागि ज्याक पनि अन्तर्वार्ता दिन गएका थिए । अन्तर्वार्ता दिनेमा उनीसँगै २४ जना थिए । २४ जनामा २३ जनालाई केएफसीले छान्यो । अन्तरवार्तामा उनी मात्रै फालिए ।

६. सिलिकन भ्यालीलाई अलिबाबामा आकर्षित गर्न असफल

अलिबाबाको विजनेश थालेपछि उनी पटक–पटक असफल भएका थिए । तीन वर्षसम्म त अलिबाबा नाफामा जानै सकेको थिएन ।

उनी भन्छन् ‘मैले अलिबाबा सञ्चालनका क्रममा १ हजार १ वटा गल्ति गरेको छु ।’

७.  १८ जना पार्टनरमा कार्यकारी बन्ने क्षमताका कोही भएनन्

सिइओको एकै निर्णयले कम्पनीमा ठूलो हलचल र परिवर्तन ल्याउन सक्छ । उनले १८ वटा पार्टनरलाई लिएर अघि बढेका थिए । तर कोही पनि म्यानेजरभन्दा माथि उठ्न सकेनन् ।

उनले आफुले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो गल्तिको रुपमा भन्छन् ‘अँध्यारा दिनहरुबाट मैले केहि सिकेँ, कल्पनाशिलता, भिजन र मूल्य भएको टिम बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?