+
+

दलीय चुनाव चिन्ह माग्दै ६८ दलद्वारा आन्दोलन घोषणा, संसदको चुनाव गर्न बाबुरामको चुनौती

निर्वाचन शिक्षा लगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते १४:५१


३१ चैत, काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् ।

बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गरेको छ । २ गते ६८ दलीय मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले नै रिले अनसन सुरु गर्नेछन् ।

साथै आवश्यकता अनुसार प्रधानमन्त्री निवास, संसद भवन लगायत घेराउ गर्ने मोर्चाले बताएको छ ।

६८ दलीय मोर्चाले निर्वाचन शिक्षा लगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने पनि निर्णय छ ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाई मात्र चुनाव चिन्ह दिने गरी ऐन ल्याइएको दाबी गरे । उनले भने, ‘केही चतुरेहरुले घुसाएर लगे । कतिसम्म भने राजपत्रमा प्रकाशित नै गरिएको छैन ।’

भट्टराईले हिम्मत भए संसद विघटन गर्न र प्रतिनिधिसभाको चुनाव गर्न चुनौती दिएका छन् ।

उनले आफूहरुको आन्दोलनले लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्ने दाबीसमेत गरे । दलीय चुनाव चिन्ह नदिने सरकारको निर्णयमा निर्वाचन गर्नेभन्दा कुर्सीको भागबण्डा गरेर बाँडीचुँडी खाने नियत लुकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?