+
+

सुनसरीमा आगलागी, १ सय बढी घर–गोठ नष्ट

सप्तरी, बारा र पाल्पामा पनि आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते १७:५५
फाइल तस्वीर

३१ चैत, काठमाडौं । सुनसरीको श्रीपुरमा बिहीबार आगलागी हुँदा एक सय बढी घर गोठ जलेर नष्ट भएका छन् । श्रीपुर-५ कुमयाहीमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

सुनसरीकै कोशी गाउँपालिका-५ मल्दैयाटोलमा पनि बिहीबार आगलागी हुँदा ४० वटा कच्ची घरहरू जलेका छन् । मनिरुल मियाको घरमा खाना बनाउने क्रममा आगो फैलिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियबासी तथा धरान, ईटहरी, इनरुवा र विराटनगरको दमकलको सहयोगमा आगो निभाइएको छ ।

यसैगरी बाराको प्रसौनी गाउँपालिका-६ स्थित युनिभर्सल प्याकेजिङ इन्डष्ट्रिज प्रालिमा बिहीबार आगलागी हुँदा मेशिनरी सामानहरु जलेर करीब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका-८ बस्ने पन्चुकुमार चौधरीको घर बाहिर फोहोर जलाउने क्रममा बिहीबार घर र गोठमा आगलागी हुँदा करीव २ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाल्पाको माथागढी गाउँपालिका-५ बस्ने बहादुर आलेको घर र गोठमा बिहीबार आगलागी हुँदा नगद, जिन्सी र चौपाया गरी करीव १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?