Comments Add Comment

अमरेश सिंहको आरोपः अग्नि पीडितमाथि पनि विभेद भयो

३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले तराई मधेसका अग्नि पीडितमाथि पनि विभेद भएको दाबी गरेका छन् ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सिंहले भने, ‘भूकम्प पीडित र आगलागीमा जसको पुरै घर गएको छ, त्यसमा के फरक छ ?’

१ हजारदेखि ५ हजारमात्र दिइएको भन्दै उनले अघि भने, भूकम्पका नाममा लाखौं लाख दिने अनि आगलागी पीडितले त्यो एक हजारले के गर्ने ?

सुनसरी, सिराहा, कपिलवस्तुमा भएको आगलागीका घटनाप्रति सरकारको ध्यान नगएको भन्दै आपत्ति जनाए ।

अग्नि पीडितहरुमा पनि पहाड र मधेसका आधारमा विभेद भएको भन्दै कांग्रेस सांसद सिंहले भने, ‘ताप्जेलुङमा आगलागी हुँदा प्रधानमन्त्री हेलिकोप्टर चढेर जाने, सबैलाई ५०-५० हजार दिने घोषणा गर्ने । त्यही तराई मधेसमा हुँदा न प्रधानमन्त्री जाने न गृहमन्त्री जाने ?

उनले आगलागी भएका स्थानहरुको निरीक्षणका लागि उपसमिति बनाउन पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment