+
+

यूएईमा भलिबल प्रतियोगिता

आरपी सहयात्री आरपी सहयात्री
२०७४ वैशाख ३ गते ११:१६

१६ अप्रील, युएई । नेपाली नयाँ वर्षको उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

दुबईको जेबलअलीमा गत ७ अप्रीलदेखि सुरु भएको प्रतियोगिता १४ अपि्रल अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन सम्पन्न भएको थियो ।

१६ ओटा समूहहरुको सहभागिता रहेको प्रतियोगितामा युएईका मुख्य प्रान्तहरुबाट नेपाली खेलाडी सहभागी समूहहरुले प्रतिनिधत्व गरेका थिए ।

गत हप्ताको क्वार्टर फाइनलसम्मको खेलपछि बाँकी सेमी फाइनल र फाइनल खेल नयाँ वर्षको पहिलो दिन साथै युएईको सार्वजनिक बिदाको दिन परेका कारण अत्यन्तै सहभागितामूलक, प्रतिष्पर्धात्मक र रोचक भएको नेपाली समुदायका उपाध्यक्ष रघुनाथ ढुंगेलले जानकारी दिए ।

अबुधाबीको नेपाल भलिबल समूह र दुबईको नेपाल स्पोट्र्स क्लबबीच सम्पन्न भएको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको थियो ।

बेस्ट अफ फाइभमा खेलाइएको उक्त फाइनलमा दुबै टिमले २/२ गेम जितेर बराबरी भए पछि पाँचौ चरणको अन्तिम खेलमा अबुधाबीले दुबईलाई ८ अंकमा रोकी सानदार प्रदर्शन गर्दै विजयको ताज पहिरिएको थियो ।

घरेलु मैदानमा आफ्नो दर्शकहरुको निकै प्रोत्साहन बटुलेको दुबईको टिम, नेपाल स्पोट्र्सले भने हारसँगै दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍र्यो । प्रतियोगिताको सान्त्वना तथा तृतीय स्थान आबुधाबीको हातेमालो समूहले प्राप्त गरेको थियो ।

नगद पुरस्कारका साथमा मेडल, ट्रफी र प्रमाणपत्रद्वारा विजेता टिमका खेलाडीहरुलाई आयोजक कमिटी नेपाली समुदाय युएईका अग्रजहरु मुन प्रसाद गुरुङ, परमानन्द, नवीन खनाल, प्रदिप शाही ठकुरी, बिक्रम लिम्बु, सूर्यमान राईले हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको अर्काे आकर्षण मानिएको सहभागी मध्येबाट गोलाप्रथाबाट भाग्यशाली बन्दै दुबईका महेन्ऽ खत्रीले दुबई-काठमाडौंको निःशुल्क हवाई टिकट प्राप्त गरेका थिए ।

भलिबल प्रतियोगिताको लाभांश रकम हेटौडाका बिपन्न तथा दुर्घटनाबाट सिकिस्त हरिराम राना मगरको उपचारमा सहयोग गरिने खेलकुद संयोजक प्रदिप ठकुरीले बताए ।

झन्डै २ वर्षअघि देखि युएईको नेपालीहरुमा क्रियाशील नेपाली समुदाय पछिल्लोपटक खेलकुद, समाजसेवा लगायत नेपालीहरुको व्यक्तित्व विकासका साथै बहुआयामिक हित, र सेवामा सक्रिय तथा अग्रणी भएको समुदायका सक्रिय सदस्य श्याककृष्ण अतृप्तले जानकारी दिए ।

नयाँ वर्षकै अवसरमा दुबइको सफा पार्कमा आयोजना भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा करिब एक दर्जन फुटबल टिममध्ये नेपाली समुदाय युएईले दोस्रो स्थान हासिल गरेको नेपाली समुदायका अध्यक्ष मुन गुरुङले अनलाइनखबरलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?