+
+

मानव बेचबिखनमा वृद्धि

भुकम्प पीडित महिला जाेखिममा

रासस  रासस 
२०७४ वैशाख ३ गते १३:२७

३ वैशाख, काठमाडौँ । पछिल्लो समय मुलुकमा मानव बेचबिखनको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार २०७१/०७२ मा एक सय ८१ मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आव २०७२/०७३ मा वृद्धि भई दुई सय १८ पुगेको छ ।

जनअधिकार मञ्चले अाइतबार राजधानिमा अायाेजना गरेको अन्तक्र्रियामा ब्युरोका प्रहरी उपरीक्षक किरण वज्राचार्यले काभे्रपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत स्थानका नागरिक वैदेशिक रोजगारीको प्रलोभनमा बेचबिखनमा परेको जानकारी दिए ।

ब्युरोका अनुसार भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेका छन् । प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाएको बताइएको छ । मञ्चले काभ्रेपलाञ्चोकसहित नौ जिल्लामा गरेको अनुसन्धानानुसार ३६ जना सोझासिधा गाउँलेका मिर्गौला बिक्री गरिएको छ ।

दलालले गाउँलेलाई रोजगारी तथा पैसाको लोभ देखाएर भारतका चेन्नई, चण्डीगढ र नयाँ दिल्लीमा लगेर बिक्री गरेको पाइएको छ । मिर्गौला बेचिएका गाउँलेमध्ये ३० पुरुष तथा छ महिला छन् ।

मिर्गाैला बेचिनेमा ब्राम्ह्ण, जनजाति र दलित समुदायका बढी छन् । मञ्चका प्रमुख सतीश शर्माका अनुसार उनीहरुलाई रु तीन लाखदेखि  पाँच लाखसम्मको लोभ देखाइएको भए पनि रु ५० हजारदेखि रु एक लाखसम्म उपलब्ध गराइएको छ । उनीहरुको आर्थिक अवस्था अहिले दयनीय बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?