Comments Add Comment

बिराटनगर बिमानस्थल आधा दिनमात्र खुल्ने

 

४ वैशाख, बिराटनगर । धावनमार्ग मर्मत सम्भारका लागि मोरङको बिराटनगर बिमानस्थल बैशाख महिनाभरका लागि अपरान्ह ३ बजेसम्म मात्र खुल्ने भएको छ ।

आइतबारदेखि बिराटनगर बिमानस्थलको धावनमार्ग मर्मत सुरु भएको छ । नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहले बिमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम सुरु गरिएकाले दिउँसो ३ बजेपछि बिराटनगरवाट हुने सवै उडान स्थगित गरिएको जानकारी दिए ।

नागरिक उड्यन कार्यालय बिराटनगरका अनुसार विमानस्थलको १५ सय मिटरको धावनमार्गलाई ३ वर्षपछि थप व्यवस्थित गर्न लाग्ािएको हो । विमानस्थल पूर्वक्षेत्रकै सबैभन्दा व्यस्त क्षेत्रीय विमानस्थल हो ।

यहाँबाट दैनिक दुई दर्जन विमानले उडान भर्छन । १२ सयको हाराहारीमा यात्रुहरु ओहोरदोहोर गर्छन् ।

बिराटनगरवाट आन्तरिक उडानहरु पूर्वी पहाडी जिल्लासहित राजधानीसम्म हुन्छ । यहाँबाट वुद्ध, सौर्य, यति, नेपाल एरलाइन्स लगायतका विमानहरुले उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment