+
+
Shares

सरकार पछि हट्यो, शुक्रबारको सार्वजनिक विदा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते १८:२९

४ बैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ ।

सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।

तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन वैशाख ४ गते नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?