+
+

पत्रपत्रिकाका फ्रन्टपेजः सैनिक अधिकारीलाई जन्मकैद फैसलादेखि संसदमै कानुनको धज्जीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ६:१७

५ वैशाख, काठमाडौ । जिल्ला अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा संलग्न तीन सैनिक अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको विषयलाई आजका दैनिक पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको वातावरण निर्माणका लागि गाउँ–गाउँ जान दलका नेताहरुलाई गरेको आग्रह पनि पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।

मैना सुनार हत्या प्रकरणमा तीन पूर्वसैनिक अधिकृतलाई जन्मकैद फैसला सुनाइएको विषयलाई महत्त्वका साथ छापेको नागरिक दैनिकले चुनावमा अझै दलहरु केन्द्रित नभएको अर्को विषय पहिलो पृष्ठमा लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले संसदमै कानुनको धज्जी शीर्षक दिएर संसद्भित्रको अनियमितता उधिनेको छ । ६ कृषि आयोजनाको बेथिति, परामर्शमै अर्बौं शीर्षकको अर्को खबर पनि अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

राजधानी दैनिक पनि अन्य पत्रिपत्रिकाले जस्तै मैना सुनार हत्यामा संलग्न तीन सैनिक अधिकारीलाई काभ्रे जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको विषयलाई मुख्य खबर बनाएर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?