Comments Add Comment

स्थानीय निर्वाचनबाट कैलालीमा ६८९ जनप्रतिनिधि चुनिँदै

५ बैशाख, कैलाली । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीबाट ६ सय ८९ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकासहित १३ वटा स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा १४ तथा गाउँपालिका प्रमुख उपप्रमुखमा १२ जना प्रतिनिधि छानिने छन् ।

त्यस्तै वडाध्यक्षमा १ सय २६ जना प्रतिनिधि छानिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ । १३ वटा स्थानीय तहका १ सय २६ वडाहरुबाट ५ सय ४ सदस्यका लागि बिभिन्न राजनितीक दहरुबीच प्रतिस्पर्धा हुनेछ ।

स्थानीय तहको निर्वाचनबाट २ सय ५२ महिला प्रतिनिधि चुनिनेछन् छन् भने २ सय ५२ खुल्लाबाट प्रतिनिधि छानिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहन प्रसाद अर्यालले बताए ।

अर्यालका अनुसार १ उपमहानगरपालिका र ६ नगरपालिकाबाट ३ जनाका दरले २१ र ६ गाउपालिकाबाट २ जनाका दरले १२ गरी ३३ दलित तथा अल्पसंख्यक सदस्यहरु छानिनेछन् ।

६ सय ८९ जना प्रतिनिधि छनौटका लागि कैलालीका ४ लाख ३ हजार २ सय ८० जनाले मतदान गर्नेछन् । धनगढी उपमहानगरपालिकामा ७३ हजार ८ सय ११ मतदाता छन् ।

गोदावरी नगरपालिकामा ४० हजार १ सय ४५, भजनी नगरपालिकामा २६ हजार ९ सय ५२, लम्की चुहा नगरपालिकामा ३९ हजार २ सय ३५, गौरीगंगा नगरपालिकामा २८ हजार ४ सय ७९, घोडाघोडी नगरपालिकामा ३९ हजार ६ सय ८१ र टिकापुर नगरपालिकामा ३९ हजार १ सय ९२ मतदाता छन् ।

त्यस्तै वर्दगोरिया गाउँपालिकामा १५ हजार ७ सय, मोहन्याल गाउँपालिकामा ९ हजार २ सय १७, कैलारी गाउँपालिकामा २९ हजार ९ सय ८७, चुरे गाउँपालिकाबाट ९ हजार ७ सय ४६, जानकी गाउँपालिकाबाट २७ हजार ४ सय ५८ र जोशिपुर गाउँपालिका बाट १९ हजार ३ सय ५५ जनाले स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment