सांगीतिक कार्यक्रमका लागि भारतको पुना पुगेकी गायिका मिलन अमात्य बलिउड अभिनेता अमिताभ बच्चनसँगै एउटै मञ्चमा देखिएकी छिन् । ‘अभिनेता बच्चनसँग मेरो पहिलो भेट भएको हो, असाध्यै खुसी लाग्यो ।’ मिलनले भनिन् ।
उनले पहिलो पटक अमिताभ बच्चनसँग एउटै स्टेजमा उभिएतापनि कुरा गर्ने अवसर भने पाइनन् । भारतकै सुरगंगा म्युजिकल ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा अभिनेता बच्चनसँग उनको भेट भएको थियो । ‘मिलन संजोग’ एल्बमको तयारीमा रहेकी मिलन अहिले विभिन्न मुलुकमा आयोजित स्टेज कार्यक्रममा ब्यस्त छिन् ।
भारतको विभिन्न शहरमा गीत प्रस्तुत गर्नेक्रममा उनले दर्जन बढी गीत गाइन् । नेपाल आए लगत्तै नयाँ एल्बमको भिडियो सार्वजनिक गर्ने उनको कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4