Comments Add Comment

राष्ट्रियगानका सर्जक ब्याकुल माइला विकासदूत नियुक्त


५ बैशाख, काठमाडौं । राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला) विकासदूत नियुक्त भएका छन् । काठमाडौं महानगरपालिकाले  उनलाई काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउने अभियानमा महानगर र राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राईवीच विकासदूत सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ ।

महानगरपालिका कार्यालयको फागुन २२ गतेको निर्णयअनुसार व्याकुला माइला विकासदूत नियुक्त भएका हुन्। सम्झौता समारोहलाई सम्बोधन गर्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरसँग राष्ट्र गानका सर्जक राईको सहकार्यले सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरंग ल्याउन सकिने धारणा राखे ।

समारोहमा विकासदूत व्याकुल माइलाले थप जिम्मेवारी बोध गर्दै महानगरको सहयोग कला रक्षाका लागि महत्वपूर्ण रहेको बताए । आवश्यकताका आधारमा सम्झौता अवधि बढाउन सक्ने गरी हाल १ वर्षका लागि भएको सम्झौता भएको छ ।

जस अनुसार महानगरले विकासदूतलाई मानार्थ परिचयपत्र प्रदान गर्नुका साथै सम्मान स्वरुप मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने छ । विकासदूतले सहरी व्यवस्थापन अन्तर्गत राजस्व परिचालन, सहरी आचरण विकासलगायत महानगर र महानगरवासी बीच सिधा सम्पर्क हुने क्षेत्रमा कार्य गर्नुपर्नेछ ।

यसभित्र विकासदूतले बालविकास, मातृशिशु, महिला, अपाङ्ग र स्वास्थ्य शिक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउनु पर्नेछ ।

विक्रम सम्वत २०२९ साल चैत २५ गते ओखलढुङ्गामा जन्मिएका राईले रचना गरेको सयौं थुँगा फूलका हामी एउटै माला नेपाली बोलको गीत प्रतिष्पर्धामार्फत २०६४ जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment