+
+

भोजपुरेले लिए युएईमा पिकनिकको मजा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते ८:४१

 

 

 

 

 

१९ अप्रील, युएई ।  भोजपुर सेवा समाज, युएईले नयाँ वर्ष ०७४ को अवसरमा वनभोज कार्यक्रम गरेको छ ।

युएईमा कार्यरत भोजपुरवासीबीच आपसी सम्बन्ध थप दरिलो बनाउने उद्देश्यले समाजले दुबईको जाबिल पार्कमा वनभोज कार्यक्रम गरेको हो । वैशाख १ गते गरिएको वनभोज कार्यक्रममा भोजपुरबाट युएई आएकाहरुको उल्लेख्य उपस्थिति थियो ।

विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको कार्यक्रममा भोजपुरेहरुले नयाँ वर्षको शुभकामना साटासाट गरे ।

स्थानीय कलाकारहरु नन्दु राई, मोडल राजेश पाण्डे, संगीता चापागाईं, यादुकला राई, सन्चिता बोहोरा, मंगल आलेलगायतको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।

आपसी सहयोग र सहकार्य गर्दै युएईमा आपतविपतमा परेका भोजपुरवासीहरुको उद्दार तथा सहयोगमा समर्पित समाजले भोजपुरको सामाजिक, आर्थिक, शैक्षिक, पर्यटनलगायत क्षेत्रको विकासनिर्माण कार्यमा समेत सहयोगी भूमिका खेल्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?