Comments Add Comment

कुरुप पुरुषको कमेडी (भिडियोसहित)


गडफ्रे बगुमालाई युगान्डाको सबैभन्दा कुरुप मानिसको रुपमा लिइन्छ । मानिसहरु उनलाई हेर्न तथा उनको नजिक जान पनि मन पराउँदैनथे ।

उनको कुरुपताले नै होला सन् २००२ मा भएको उनको पहिलो विवाह टिकेन र उनकी पत्नीले उनलाई छाडिन् । छाडेर जाने बेलामा स्वास्नीले भनेकी थिइन्: तिमी निकै डरलाग्दो देखिन्छौ, तिमीसँग म बस्न सक्दिन ।

एक खतरनाक जन्मजात रोगबाट पीडित बगुमाले २००८ मा अर्को बिहे गरे, जुन अहिलेसम्म टिकिरहेको छ । उनी निकै खुसी छन् ।

उनी अहिलेसम्म ८ बच्चाका बाउ बनिसकेका छन् । आफ्नो अहिलेकी श्रीमतीबाट उनका ६ बच्चा छन् भने पहिलो श्रीमतीबाट २ बच्चा ।

कुनै समय मानिसहरु उनको नजिक पर्न डराउँथे । तर अहिले उनी एक मनपर्ने हाँसय कलाकार बनेका छन् । उनको रुप रंग मानिसहरुको लागि आकर्षणको केन्द्र बनेको छ । उनी स्ट्याण्ड अप कमेडियन हुन् र निकै मज्जाले हँसाउँछन् मानिसहरुलाई । यसबाट उनले राम्रै पैसा कमाउँछन् पनि ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment