Comments Add Comment

सलमानको घाटीमा जुत्ताको माला, कथा के हो ?


चलचित्रको प्रचार शैली निक्कै महंगो हुन थालेको छ, बलिउड नायकका लागि । चलचित्र प्रदर्शनको बेला आमिर खानले नयाँ-नयाँ फण्डा देखाउन थालेपछि अन्य कलाकार समेत प्रचारको नयाँ शैली खोज्नमा ब्यस्त छन् ।

पछिल्लो समय नायक सलमान खानले पनि नयाँ चलचित्रको पोष्टर फरक शैलीको बनाएका छन् । सलमान अभिनित नयाँ चलचित्र ‘ट्युबलाइट’को फस्टलुक रिलिज भए लगत्तै चलचित्रभित्र सलमानको चरित्र के भनेर अहिले टिप्पणी सुरु भएको छ । पछिल्लो समय जारी पोष्टरमा चेक सर्ट लगाएका सलमानले हाफ स्वीटर लगाएका छन् भने कसैलाई स्यालुट गरेका छन् । अनि काँधमा दुईवटा जुत्ता झुण्डिएको छ ।

चलचित्रको पोष्टरको विषयमा दर्शकमा कौतुहलता भएपनि चलचित्रको सफलतावारे अहिल्यै अनुमान गर्न गार्‍हो छ ।कविर खानले निर्देशन गरेको यो चलचित्रले भारत र चीनको कथालाई उठान गरेको छ । चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक हुनेछ । सलमानको घाँटीमा जुत्ताको माला सहितको पोष्टर सार्वजनिक भएपछि अहिले यसले चर्चा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment