+

फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देहीलाई दियो १७३ रनको लक्ष्य

२०७४ वैशाख  ७ गते ११:४४ २०७४ वैशाख ७ गते ११:४४
फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देहीलाई दियो १७३ रनको लक्ष्य

७ बैशाख, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देही च्यालेन्जर्ससामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रुपन्देहीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।

यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो । डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध १७३ रन बनाएको थियो, जुन खेल उसले ८६ रनले जित्यो ।

टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।

रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहब आलमले एक-एक विकेट लिए ।

डीपीएल नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय