Comments Add Comment

बरुणमा आएको बाढीले अरुण नदी थुन्यो, बन्यो २ किलोमिटरको ताल

८ बैशाख, काठमाडौं । बरुण नदीमा आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

नदी थुनिएपछि कारण झण्डै २ किलोमिटरको ताल बनेको छ भने बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ । बजारको सिंगो बस्ती जोखिममा छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार ढुंगासहित आएको बाढीले बिहीबार अपराहृन करिव ४ बजेतिर अरुण नदीको बहाव रोकिएको छ । हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यकिन हुन सकेको छैन ।

सीडीओ जोशीले अनलाइनखबरसँग भने, बरुण नदीमा ढुंगा माटोसहितको बाढी आएर अरुण नदीको बहाबलाई रोकेको छ ।’

सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तर पर्ने घटनास्थलमा विहान मात्र प्रहरी टोली पुगेको छ । प्रहरीका अनुसार अरुण नदीको बहाव रोकिँदा झण्डै २ किलोमिटरको ताल बनेको छ ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ । टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भबिद्, जला तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment