+
+

झापाको पाँच स्थानीय तहमा राप्रपाले घोषणा गर्‍यो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ९ गते १९:२७

९ बैशाख, झापा । राप्रपाले झापाको तीन नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

विर्तामोड नगरपालिकाको मेयरमा भक्ति सिटौला, भद्रपुर नगरपालिकामा नवराज पनेरु र दमक नगरपालिकाको मेयरमा राम थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

बिर्तामोड नगरका उम्मेदवार सिटौला यसअघि व्यवस्थापिका संसद्को निर्वाचनमा क्षेत्र नंं. २ बाट उठेका थिए ।

नेविसंघको विद्यार्थी राजनीतिबाट कांग्रेसको मुल प्रवाहको राजनीतिमा आएका आएका सिटौला आफन्त नेता कृष्णप्रसाद सिटौलासँगको आन्तरिक मतभेदका कारण कांग्रेस छाडेर राप्रपामा आएका थिए । अहिले उनी राप्रपाको केन्द्रीय सदस्य छन् ।

भद्रपुरबाट मेयरमा उठ्न लागेका पनेरु व्यवसायी हुन् भने दमकमा मेयरका उम्मेदवार थापा पूर्व मेयर हुन् । उनी यसअघि संविधानसभा चुनावमा पनि राप्रपा नेपालका उम्मेदवार थिए ।

दमकको उपप्रमुखमा रीता श्रेष्ठलाई उठाउने राप्रपाले निर्णय गरेको छ । उनी राप्रपाको पुरानो कार्यकर्ता हुन् ।

पार्टीले दमकमा गरेको वृृहत जनसभाका बीच उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले दुई गाउँपालिकाको उमेदवारको पनि घोषणा गरे ।

गौरीगञ्ज गाउँपालिकाको प्रमुखमा बाबुराज श्रेष्ठ र हल्दिवारी गाउँपालिकाको प्रमुखमा रविन्द्र लिङ्देनलाई राप्रपाले उठाउने भएको हो । लिङ्देन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनका भाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?