+
+

उपेन्द्रले अध्यक्ष मागेपछि भाँडियो नयाँ शक्ति–फोरम एकता

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १० गते ६:४५

१० वैशाख, काठमाडौं । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ ।

स्रोतका अनुसार, वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब–करिब सहमति जुटिसकेको थियो । तर, अध्यक्षको विषयमा सहमति जुट्न सकेन ।

स्रोतका अनुसार, एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताहरुले एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुनुपर्ने र बाबुराम भट्टराई दोस्रो तहको नेताका रुपमा स्वीकार गर्न सकिने अडान राखेका थिए । तर, नयाँ शक्तिका नेताहरुले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने र दोस्रो स्थानमा यादव हुनुपर्ने अडान राखेका थिए । यस्तो अडानपछि हुनै लागेको एकता तत्काललाई टरेको आजको नागरिक दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?