+
+

नम्रता र कोशिशमा को भिलेन ? ‘पर्व’को सस्पेन्स ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १० गते १८:०८


बहुप्रतिक्षित चलचित्र ‘पर्व’को सस्पेन्स-थ्रीलर ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको मोसन पोष्टर र ट्रेलर रिलिज गरिएको हो ।

गोपिकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो चलचित्र ‘जेठ १२’ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

निकिता पौडेल र सुवास गिरीले निर्माण गरेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक राउतले भने-‘यो चलचित्रको कथा सुन्दा मलाई निर्देशन गर्न सक्छु र भन्ने लागेको थियो । तर, अहिले चलचित्र हेरिसकेपछि भने केही नयाँ काम गरेछु जस्तो लागेको छ ।’

निर्माता सुवास गिरीले चलचित्र उत्कृष्ट बनेको र नेपाली चलचित्रका लागि फरक स्वाद हुने सुनाए । नायिका नम्रता श्रेष्ठले चलचित्रमा आफूहरुले मिहिनेत गरेको भन्दै राम्रो कथामा चलचित्र बनेको बताइन् ।

नायक, कोशिश क्षेत्रीले आफ्नो भूमिकाको बारेमा प्रष्ट पार्दै चलचित्रमा बिरामी प्रेमिकालाई माया गर्ने एक यूवक र लेखकको भूमिकामा रहेको सुनाए । यो चलचित्रमा समावेश ‘काले दाई काले दाइ’ बोलको गीतको भिडियो अहिले सर्वाधिक चर्चित छ । युटुबमा यो गीतको भिडियो ९१ लाख भन्दा बढी पटक हेरिएको छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, बनिष शाहकाे सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?