Comments Add Comment

बाजुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

११ बैशाख, कैलाली । बाजुराको बडिमालिका नगरपालिका-२ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

बाजुराको मार्तडीबाट घटमुना जाँदै गरेको से १ ज ६३९ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा गौमुला ६ सटेला बस्ने लाली रोकाया, शेर बहादुर रोकायाको घटनास्थलमै र मानकोट १ बस्ने गंगाबहादुरा रोकाया र गौमुला १ बस्ने रुपसिंह बुढथापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर वोगटीले जानकारी दिए ।

बोगटीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment