Comments Add Comment

स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

१२ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ ।

एकता प्रक्रिया टुंगो पुग्न नसकेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कार्यगत एकता गर्न सहमत भएका छन् ।

यो चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको फोरम सअहध्यक्ष राजेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले भने, ‘नयाँ शक्ति र हाम्रो कन्र्फम भइसक्यो । अरु ५/६ वटा दलसँग पनि कुराकानी भइरहेको छ ।’

शक्ति र संघीय समाजवादी फोरमले आजै निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिह्न मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरेका छन् ।

नयाँ शक्ति पार्टीका एक नेताले पनि फोरमको चुनाव चिह्न मसाल लिएर चुनाव लड्ने तयारी भइरहेको स्वीकार गरे । ‘हामीले आफ्नो चुनाव चिन्ह नपाएपछि संघीय फोरमसँग मोर्चाबन्दी गर्न लागिएको हो’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment