Comments Add Comment

स्थानीय तहको संख्याबारे केपी ओली र कमल थापाबीच छलफल

१४ वैशाख, काठमाडौं । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको संख्याबारे प्रमुख विपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेका छन् ।

बालुवाटारमा एमालेको समेत सहमतिमा स्थानीय तहको संख्या बढाउन मधेसी मोर्चासँग सहमति भएलगत्तै सरकारी कार्यदलका संयोजक समेत रहेका मन्त्री थापा ओलीलाई भेट्न पुगेका थिए ।

एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा स्थानीय तहको संख्या बृद्धिबारे छलफल भएको छ । एमाले र मधेसी मोर्चा दुबैको सहमतिमा अघि बढ्ने सरकारको तयारी रहेको उपप्रधानमन्त्री थापाले बताएका छन् ।

उनले आजै एमाले र मधेसी मोर्चासहितको बैठक समेत बोलाएका छन् । यो बैठकमा एमालेबाट अग्नि खरेल र भानुभक्त ढकाल सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment