Comments Add Comment

कोहलीको टिम बैंङ्ग्लोर आईपीएलबाट बाहिरिने संघारमा

१६ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बैंङ्ग्लोर इण्डियन पि्रमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिने सम्भावना बलियो भएको छ ।

आईपीएलमा खराब सुुरुवात गरेको बैंङ्ग्लोरलाई शीर्ष चारमा पर्ने सम्भावना कायमै राख्न शुनिबार राइजिङ पुणे सुपरजाइन्टलाई हराउनै पर्ने थियो । तर, ६१ रनको पराकिलो हार व्यहारेको छ ।

यो हारसँगै १० खेलबाट मात्र ५ अंक जोडेको बेङ्ग्लोर सातौं स्थानमा छ र चार खेल खेल्न बाँकी छ ।

पुणेले दिएको १५८ रनको लक्ष्य पछ्याएको बैङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । उसका कप्तान विराट कोहलीले ५५ रन बनाएपनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । एबी डिभिलियर्स मात्र ३ रनमा आउट भएका छन् ।

बैङ्ग्लोरलाई सस्तैमा समेट्ने क्रममा इमरान ताहिरले ३ विकेट लिए भने लुकी फर्गुसनले ४ ओभरमा एक मेढन राख्दै मात्र ७ रन दिएर २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि कप्तान स्टिभ स्मिथले ४५ रन बनाए भने मनोज तिवारीले ४४ र राहुल त्रिपाठीले ३७ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment