+
+

लोकवार्ता सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १६ गते २३:२८

१६ वैशाख, काठमाडौं । लोकवार्ता परिषद् नेपालले विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा विभिन्न समयमा परिषद्लाई योगदान पुर्‍याउने संघ-संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक संस्थान (नाचघर), पर्यटन बोर्ड, गोल्डेनगेट कलेज, अक्सिडेन्टल पब्लिक स्कूल, उपलब्धि सहकारी संस्था, ताप्लेजुङ सरोकार केन्द्र, द हाइलेन आर्ट, डा. मधुसुदन गिरी, शान्तिराम नेपाल, मोलिसा याक्थुम्बा, सरोज निरौला, सागर थापा र प्रवीण थापा रहेका छन् । उनीहरुले विभिन्न समयमा भएका लोकवार्ता सम्मेलन तथा ग्रन्थ प्रकाशनमा भौतिक तथा आर्थिक सहयोग गरेकोले सम्मान गरिएको परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले बताए ।

यसैगरी परिषद्ले गत असोज पहिलो हप्ता ताप्लेजुङ, पाँचथर र इलाममा भएको छैटौं लोकवार्ता सम्मेलनमा कार्यपत्र प्रस्तुतकर्ताहरुलाई सम्मान तथा कदर समेत गरेको छ । सम्मान तथा कदर प्राप्त गर्नेेहरुमा प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. माधवप्रसाद पोख्रेल, प्रा.डा. कुशुमाकर न्यौपाने, प्रा.डा. मोतिलाल पराजुली, प्रा.डा. कपिलदेव लामिछाने, प्राज्ञ नर्मदेश्वरी सत्याल, डा. भक्त राई, डा. कृष्णप्रसाद न्यौपाने, डा. ध्रुवकुमार घिमिरे रहेका छन् ।

यसैगरी डा. ध्रुवप्रसाद भट्टराई, डा. कुलराज निरौला, डा. लक्ष्मी पोखरेल, डा. षडानन्द पौड्याल, प्राज्ञ यज्ञराज उपाध्याय, बमकुमारी बुढा, प्राज्ञ कालीबहादुर शाही, डा. बद्रीप्रसाद विडारी, प्रतिभा पुन, कृष्णराज सर्वहारी, मनोहर लामिछाने, शितल गिरी, दिव्येश्वरी जोशी, तुलसी प्रभास, अमर तुम्याहाङ, रामप्रसाद घिमिरे, दिलविक्रम आङ्देम्बे, लोकराज भण्डारी, लोकचन्द्र खनाल, डिल्लीराज अर्याल, लछामी शेर्पा पामो, राजेन्द्र जवेगु, कमलप्रसाद भट्टराई, रामचन्द्र दाहाल, प्रेम ओझा, लालबहादुर सम्बाहाम्फे, नरबहादुर गुरुङ, डा. देवी क्षेत्री दुलाल र देवीप्रसाद गौतम पनि सम्मानित भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको सभापतित्व परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले गरेका थिए भने गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला विशिष्ट अतिथि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?