Comments Add Comment

नाइजेरियामा नेपाल सम्बन्धी बृतचित्र प्रदर्शन


३० अप्रिल, अमेरिका  । नाइजेरियामा नेपालसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । अफ्रो एसियन कम्युनिटी निसिएटिभ फर डेभलोपमेन्ट, लेगोसले नाइजेरियामा नेपालसम्बन्धी वृत्तचित्र प्रदर्शन गरेको हो ।

वृत्तचित्र नेपालको सस्कृती र पर्यटनसँग सम्बन्धित थियो ।

एनआरएनएको अतिथि देवो भवः अन्तर्राष्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति अफ्रिकन ,भारतीय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो ।

एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियाको कलासंस्कृतिकै केन्द्र बिन्दु मात्रै नभएर भगवान बुद्धको जन्मस्थान र सर्वोच्च शिखर सगरमाथालगायत दर्जनौं हिमशृङ्खलाको समेत धनी भएकाले नेपाल घुम्न सुझाव दिए ।

कार्यक्रममा एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा ,आइसिसी सदस्य चिरञ्जीवि रोका , एनसीसी नाइजेरियाका प्रवक्ता रोहित भाङ्गरलगायतको सहाभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment