+
+

अनिश बचाऔं अभियानको ३ करोड खै ? 

अब खाडीमा पीडा भोगिरहेका अरू नेपालीलाई कसरी सहयोग गर्ने ?

राम ढुंगाना 'अल्पमत' राम ढुंगाना 'अल्पमत'
२०७४ वैशाख १७ गते १०:५९

मान्छेको नियति भनौं या भाग्य, कसैको भाग्यमा दु:खै दु:ख लेखिएको हुन्छ । कोही गल्ती नगरी अनाहकमा सजाय भोगिरहेका हुन्छन् । कतिपयले भने गल्ती गर्दा पनि सजाय भोग्नु पर्दैन ।

लाखौं नेपालीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । सबैको बाध्यता र समस्या उस्तै हुन् । बेरोजगारी र आर्थिक स्थिति राम्रो नहुनु, घरपरिवार र आफ्नो देशबाट टाढा हुनु आफैंमा एउटा अथाह पीडा हो ।

विदेशिएपछि जस्तोसुकै दु:ख कष्ट सहेर पनि आफ्नो परिवारलाई खुशी राख्न कुनै कसर बाँकी राख्दैनन् । चाहे बिराम लागोस्, शरीरले धान्नै नसक्ने जुनसुकै जोखिम पनि स्विकार्न तयार हुन्छन् ।

घरपरिवारको मायामा उनीहरुको खुशीको लागि अरबको ४० डिग्री गर्मीमा पनि शीतल बनिदिन्छ।

भोलिको सुन्दर भविष्यको सपना देखेर सुतेका हाम्रा होनाहार दाजुभाई राती नै कतिखेर अस्ताइसकेका हुन्छन् पत्तै हुँदैन ।

योजना बिनै, सोच्दै नोसोचिकन धेरै नेपालीहरुको सुन्दर सपनाको कतिबेला भूर्ण हत्या हुन्छ कसैलाई पत्तै हुँदैन ।

कामको चाप,घामको राफ र परिवारको ताप यी तीन कुराले परदेशमा हरबखत दिमागको तापक्रम बढाइहेको हुन्छ।

खाडी मुलुकमा धेरै घटनाहरु सुनिने गर्छ काम गर्दै जाँदा कतिपय अबस्थामा गल्ती र भूलबस कसैको हत्या हुनपुग्छ । समाचारमा सुनिए, पढिए अनुसार कतिपय अबस्थामा आबेगमा आएर हत्या भएको पाइन्छ भने कहिलेकाहीँ निर्दोष हुँदाहुँदै पनि फसाइएको सुनिन्छ ।

जे-जस्तो परिस्थितिमा घटना भएको भएतापनि हत्याको केशमा अरब देशहरुमा सुनाउने सजाय भनेको मृ्त्युदण्ड या जन्मकैंद हो ।

पैसा कमाउँन र सुन्दर सपनाको खोजिमा परदेशिएको आफ्नो मान्छेले सजाय पाएको थाहाँ पाएपछि उसँग आश्रित घरपरिवारले नेपालमा ज्यान जोगाइदिन हारगुहार गर्छन् ।

सजाय तोकिएको ब्यक्तिलाई बचाउँन कदम चाल्नको लागि सबैभन्दा पहिला त रूपैयाँको जोहो गर्नुपर्छ। ती गरिब परिवारहरु बिहान-बेलुका के खाउँ के लाउ भन्ने अवस्थाबाट कसरी पैसा उठाउने सामर्थ्य हुन्छ र रु

सायद विश्वमा नेपाली मात्रै यस्ता होलान् जो अरुको दुस्ख देख्न सक्दैनन्। अरुको पीडामा तत्कालै पग्लिहाल्छन् । आगोमा घ्यू पग्लिए भन्दा पनि छिटो। आफू भोकै बसेर घरमा माग्न आएकालाई भाँडै रत्तो पारेर घरको अन्न दिएर पठाउँने हामी नेपालीहरु हौं ।

राम ढुंगाना ‘अल्पमत’

केही वर्ष अघि अनिश खालिंग राई नाम गरेका युवालाई दुबईमा एक पाकिस्तानी नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

कमाउन विदेश गएको एउटा नेपालीको छोरा हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएर जेलमा आफ्नो अन्तिम दिनहरू गन्दै बसिरहेको भन्दै अनिशको परिवारले बिभिन्न सन्चारमाध्यमहरुमा बिलौना गरे।

अनिश खालिंगले हत्या गरिएका भनिएका पाकिस्तानी नागरिकका पीडित परिवारलाई ‘ब्लड मनि’ तिर्न सके सजाय छुट भई नेपाल फिर्ता भएर आए सानी डेढ वर्षकी छोरीले बाबुको अनुहार देख्न पाउँने भन्दै उनकी श्रीमतीले मिडियामा गरेको बिलौनाले सारा नेपालीहरुको मन छोयो।

अन्जानमा भएको भनिएको पाकिस्तानी नागरिकको हत्या अभियोगमा युएईमा मृत्युदण्डको सजाय सुनाइएका संखुवासभाका अनिश खालिङ राईलाई मृत्युदण्डबाट जोगाउन उनीद्वारा हत्या गरिएका पाकिस्तानी नागरिकको परिवारलाई ‘ब्लड मनि’ स्वरुप एकासी लाख दिइनुपर्ने र सामान्य आर्थिक अवस्थाका घरपरिवार पाल्न विदेशमा मजदुरी गर्न गएका उनको परिवारसँग त्यति ठूलो रकम नभएको भन्दै बिभिन्न माध्यममा उनको परिवारले आग्रह गरेपछि देश बिदेशमा रहेका नेपालीहरुले उनलाई बचाँउन पर्छ भन्दै सहयोग रकम जुटाउन थाले।

विभिन्न देशमा अभियान नै सन्चालन भयो। अभियान थालेको केही महिना भित्रै चाहिने एकासी लाखभन्दा चार गुणा बढी ३ करोड भन्दा धेरै रकम जम्मा भयो।

तर, उठाइएको त्यो रकम ‘ब्लड मनि’ तिर्न काम लागेन । कसैले उनको ब्लड मनि पहिल्यै तिरिदिइसकेको हुनाले, उनी कैद मुक्त भइ नेपाल फर्किए।

एउटा गरिब नेपालीको छोरो बिदेशी भूमिमा मर्नबाट जोगियो । सारा नेपालीहरु खुसी भए। अनिश पनि नयाँ जीवन पाएर नेपाल फर्किएर आफ्नो परिवारसँग रमाउँदै छन्।

तर,अनिश खालिंग नयाँ जीवन पाएर फर्किएर नेपाल आए लगत्तै उनलाई बचाउँन भनेर जम्मा गरिएको रकम उनको नाउँमा ट्रस्ट खोल्ने रे भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिएको थियो ।

तर, त्यो ट्रस्ट कहाँ छ रु कुन दुलोमा छ या ट्रस्ट नामको दुलो खनेपछि त्यो दुलो हात्तीले कुल्चियो र उठेको पैसा झ्वाम् भयो । यसमा अनिशको पनि मिलेमत्तो छ या उनलाई मोहरा बनाएर ‘अनिश खालिङ राई बचाउ अभियान’ का अभियन्ताहरुले पैसा स्वाहा पारे केही पत्तोअत्तो छैन ।

अनिश नेपाल आए लगत्तै भनेका थिए-ुतपाईहरुको सहयोगले मैले नयाँ जिबन पाए, अब म जस्तैं अन्यायमा पारिएकाहरु लाई सहयोग गर्छु।

पंक्तिकारको अनिश भाईलाई आग्रह, तिमी जेल परेर मृत्युदण्डको सजाय पायौ र नेपालमा तिम्रो साना लालाबाला छन् भनेर समाचार पढ्दा मेरो मुटु छियाछिया परेको थियो। तिम्रो सहयोगको लागि अभियाननै सन्चालन गरेको थियौ।

अनिश भाई,आज फेरि तिमि जस्तै एक निर्दोष गरिब नेपालीको छोरा नवलपरासी मदननगरका थानेश्वर भुसाल-४ वर्षदेखि साउदी अरवको जेलमा बन्दी जीवन विताइरहेका छन् ।

साउदीमा थानेश्वरले चलाएको गाडीले सडक दुर्घटनामा दुई जानको ज्यान गएपछि उनी जेल परेका थिए । अब ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ दिन सके उनी छुट्छन्, नभए उनी जेलमै रहनेछन् ।

भुसाल परदेशको कालकोठरीमा जति पीडा भोग्दैछन्, त्योभन्दा ठूलो पीडा यो वृद्धहरु मात्रै रहेको परिवारलाई परेको छ ।
त्यो परिवारलाई बिहान-बेलुकाको छाक टार्न नै समस्या छ । छोरालाई विदेश पठाउने बेला झुपडीका जसोतसो गुजारा गरिरहेको उनीहरुलाई आश थियो, छोराले कमाउँला र सुखको सास फेर्न पाइएला ।

तर, छोरा जेल परेपछि पैसा आउन छाडेको छ नै, छोरालाई बचाउने हो भने ४५ लाख रुपैयाँ जम्मा गर्नु पर्ने भएको छ । कहाँबाट जुटाउने यति ठूलो रकम ? यही पिरले आमा यमकलालाई पोलिरहन्छ ।

तिम्रो लागि उठाईएको ३ करोड भन्दा बढी रकम खैँ रु त्यो रकम तिम्रो होइन । तिमीलाई छुटाउँन लागिपरेका अभियन्ताहरुले सबै पैसा आफ्नो गोजीबाट हालेको पनि होइनन् ।

तिमि भाग्यमानी ठहरियौ बाँचेर आफ्नै देश फर्कियौ। यसमा सारा नेपालीहरु खुशी छन् । आफ्नो घरपरिवार भेट्न पायौ। तिमि हट्टाकट्टा छौ। मिहिनेत गरेर खान सक्छौं ।

अनिश भाइ, त्यो पैसा किन आफू जस्तैं पीडितको दुस्खमा खर्चिदैनौ रु किन आफ्नो जस्तै पीडामा अरुपनि छन् भन्ने कुराको बोध गर्दैनौ  ?

खोला तर्यो लौरी बिर्सिने ? 

तिमिले अरुले दिएको पैसाले ट्रस्ट खोल्यौ पैसाको दुरुपयोग भयो रे भन्ने सुनेर मानिसहरुले अरु पीडितको लागि सहयोगको ढोका नै बन्द गर्न थालेका छन्। सहयोगी मनहरुको मनै मरिसकेको छ।

अब के तिमिले जस्तै विदेशी जेलमा सजाय काटिरहेका नेपालीहरु अनाहकमा मर्नुपर्ने भयो होइन रु तिमी जेल पर्दा जसरी तिम्रो घरपरिवारका सदस्यहरु रोइकराई गरेका थिए,त्यसैगरेर अरु नेपालीका आमाबाबु,छोराछोरी र श्रीमतीहरु रोइरहेका छन्। एकचोटि मुटु छाम । तिमिलाई मृत्युदण्डको सजाय सुनाइरहदा तिमि कति आत्तिएका थियौ त्यो सम्झ। तिम्रो नेपालमा परिवारले कति बिलौंना गरेका थिए अहिले पनि भेट्छौ पत्रपत्रिकातिर त्यो पढ।

अनिश भाई, आशा छ पक्कै पनि तिमिले र तिमिलाई सहयोग जुटाउन खोलिएको अभियानका अभियन्ताहरुले यसको

जवाफ पक्कै पनि दिनेछौ। नराम्रो लेखेको भए रिसानि माफ होस् ।

– इजरायल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?