+
+
Shares

बसले मोटरसाइकललाई ठक्कर दिदा २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १६:३७

१७ वैशाख,विराटनगर । मोरङको उर्लाबारी-वरडंगा सडक खण्डमा आइतबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार को १ ख ३५९३ नम्बरको बसले विपरित दिशाबाट आइरहेको मे ३ प ३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी ८ का २१ वर्षीय सागर रुचाल र सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर वि.क.को मृत्यु भएको हो ।

बसको ठक्करवाट गम्भीर घाइते भएका उनीहरुलाई स्थानीय अरनिको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?