Comments Add Comment

१ सय १६ वर्षकी यी महिलाको किन खुलेन बैंक खाता ?

मेक्सिकोकी १ सय १६ वर्षीया मारिया फेलिक्स विश्वका सबैभन्दा वृद्ध महिलाहरु मध्येकी एक हुन् । सात वर्षको उमेरमा अनाथ बनेपनि मारियाले आफ्नो यो लामो जिन्दथी पूरा हौसलाका साथ जिइन् ।

तर उमेरले डाँडो काटेको यो अवस्थामा आइपुगेपछि चाहीँ उनलाई एउटा समस्या आइपरेको छ । वास्तवमा उनलाई यो उमेर नै समस्या बनेर खडा भएको छ ।
सबै बैंकको सिस्टम के रहेछ भने खाताधारीको उमेर १ सय १० वर्ष भन्दा धेरै हुन नसक्ने । त्यसैले १ सय १६ वर्षकी मारियाको बैंक खाता खोल्न बैंक सिस्टमले नै नलिने ।समस्या के भने, उनको बैंक खाता खोल्न कुनैपनि बैंकले मान्दैन । समयमा पेन्सन आओस् र घरखर्च चलाउन सकियोस् भन्नका लागि उनले बैंक खाता खोल्न चाहन्थिन् । तर जुन बैंकमा गएपनि उनको चाहना पूरा हुन सकेको छैन ।

बैंकमा खाता खोल्न नपाएकै कारण उनले झण्डै साढे ६ हजार रुपैयाँ बराबरको मासिक पेन्सन पछिल्लो ३ महिनादेखि बुझ्न पाएकी छैनिन् ।

१ सय १६ वषर्ीया यी वृद्धाको यो समस्याका विषयमा मेक्सिकोका स्थानीय मिडियाहरुले लगातार समाचार लेखेपछि सरकारले शुक्रबार मारियालाई १६ हजार रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गर्यो ।

स्थानीय बैंकहरुले १ सय १० वर्ष भन्दा माथिका मानिसहरुको बैंक खाता खोलेर सेवा दिने सिस्टम आफुहरुसँग नभएकेा स्विकार गरेका छन् ।

बैंकमा खाता नखुलेपनि सरकारी सुविधा पाएप्छि मारिया मख्ख छिन् । उनी भन्छिन् ः पहिले त मैले हिम्मत हार्नै लागेकी थिएँ । तर इश्वर सबैभन्दा बलबान छन्, उनले मद्दत गरे ।

स्थानीइ प्रशासनका अनुसार सन् १९०० मा जन्मिएकी मारिया आगामी जुलाईमा ११७ वर्षकी हुनेछिन् । त्यसपछि उनको नाम दुनियाकी सबैभन्दा वृद्ध महिलामा सामेल हुनेछ । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment