Comments Add Comment

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

१७ बैशाख, लालबन्दी । सर्लाहीको इश्वरपुरमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इश्वरपुर नगरपालिका-१४ मा पर्ने बाँके जंगलमा घर लिपपोतका लागि माटो खन्न गएकाहरुको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा हरकटवाका ३४ वर्षीया राममती देवी, १३ वर्षीय अभिषेक महतो, १० वर्षीया अन्सुकुमारी महतो र ३२ वर्षीया पबिता देवी महतो रहेको सर्लाहीका एसपी उत्तम सुवेदीले जानकारी दिए ।

पबिताको धनुषाको लालगढमा उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घटनामा ३५ वर्षीया रामरती देवी घाइते भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment