+
+

माओवादी केन्द्रको बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १०:०४
फाइल तस्वीर

१८ बैशाख, काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कर्यालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो २४ घन्टामा विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक सोमबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, उपप्रधान तथा गृहमन्त्रीको राजीनामा र त्यसपछि देखिएका राजनीतिक घटनाको समीक्षा गर्ने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले महाअभियोग प्रस्ताव दर्ता गर्नुका कारण र अब सरकारले चाल्ने कदमबारे पनि पार्टीलाई जानकारी गराउने नेताहरुले बताएका छन् ।

केन्द्रीय समितिले प्रधानमन्त्री प्रचण्डलाई पार्टीको तर्फबाट सुझाव दिने प्रवक्ता भुषालले जानकारी दिइन् ।

यस्तै, केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकाको मेयरकोसमेत टुंगो लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?