+
+

परीक्षा अगाडि फेसबुक चलाउँदा नतिजा राम्रो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १५:१५

परीक्षाको बेला लेखपढ गर्न छाडेर फेसबुक चलाउँदा परीक्षाको नतिजा राम्रो हुन्छ भनेर कसैले भन्यो भने त्यसलाई पागल घोषित गर्नुहुन्छ होला । तर वास्तविक सत्य चाहीँ त्यो नै रहेछ ।

एक अध्ययन अनुसार परीक्षाको ठ्याक्कै अगाडि फेसबुक चलाउनाले विद्यार्थीले परीक्षामा राम्रो प्रदर्शन गर्ने गरेका छन् ।

परीक्षा सुरु हुनुअघि फेसबुकमा सकारात्मक कमेन्टहरु हेर्ने, लाइक तथा व्यक्तिगत मेसेजहरु हुेर्नाले निरास विद्यार्थीहरुलाई उनीहरुको डर भगाउन र मन हलुंगो बनाउन सहयोग गर्ने हुनाले यसबाट त्यस्ता विद्यार्थीहरुको परीक्षाको नतिजामा सुधार आउने गरेको शोधकर्ताहरुको ठम्याई छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार परीक्षालाई लिएर धेरै डर र निरासा पाल्ने विद्यार्थीहरुलाई परीक्षाको समय सुरु हुनुअघि अनलाइनका साथीहरुले मेसेज मार्फत दिने शुभकामना, ढाडसका साथै फेसबुकका लाइक, कमेन्ट आदिले निरासाको तह २१ प्रतिशत घटाइदिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?