+
+

सलमानलाई घटिया गाली गर्ने स्वामी ओमले किन बदले हुलिया ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १०:४८

‘सलमान खानले मेरो खुट्टामा आफ्नो नाख रगड्नुपर्छ’, ‘सलमानलाई एड्स लागेको छ, त्यसैले बिहे गरेनन्’ भन्दै उत्पात मच्याएका स्वामी ओम नयाँ अवतारमा देखिएका छन् । गेरु बस्त्रधारी स्वामीले विग बोस सीजन १० मा कार्यक्रमका होस्ट सलमान खानको बारेमा घटिया टिप्पणी गरेर विवादमा मुछिएका थिए । उनै कन्ट्रोभर्शियल पर्सनालिटी स्वामी ओम अहिले सफाचट भएर देखा परेका छन् । उनको गेरु बस्त्र पनि फेरिएको छ । हालै उनको हुलिया हेर्दा लाग्दैन, यिनै हुन् उग्र स्वामी ओम भनेर ।

बिग बोसको घरबाट निकालिएपछि यिनले कान्ड मच्याएका थिए । सलमानलाई कहिले इस्लामिक स्टेटका एजेन्ट भन्दै त कहिले सलमानले आफ्नो खुट्टामा निहुरिएर ढोक्नुपर्ने भन्दै विवादमा परेका उनले गेरु बस्त्र त उतोरका छन् नै, झ्याप्ले केस र लामो दारी पनि छोट्याएका छन् ।

यद्यपी यसरी हुलिया बदलेर पनि यिनले आफ्नो कुकर्मलाई भने जारी राखेका छन् । भनिन्छ कि, यहि फोटोबाट यिनले महिलाहरुसँग ब्ल्याकमेल गरिरहेका छन् । दिल्ली प्रहरीका अनुसार स्वामी ओम चोरी, डकैती र आम्र्स एक्टको आरोपित हुन् ।

–     ओमका कान्छो भाई प्रमोद झाले २००८ मा एउटा रिपोर्ट प्रहरीमा दर्ता गराएका थिए, जसमा उनको पसल तोडेर ओमले ११ वटा साइकल, महंगो स्पेयर्स पार्टस् सहितका सामग्री चोरेको आरोप थियो ।

–     दिल्लीको विधानसभा चुनावको क्रममा स्वामी ओमले दिएको एक विवादित बयान सोशल मीडियामा भाइरल भएको थियो । उनले युट्युबमार्फत केजरीवाललाई गोली हान्ने धम्की दिएका थिए ।

–     म परशुरामका बंशज हुँ, कुनै घण्टी बजाउने साधु होइन भन्ने यिनी आक्रमक ढंगले प्रस्तुत हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?